नागरिक लगानी कोष र राष्ट्रिय बाणिज्य बैकमा यस्तो सम्झौता

Jul 15, 2016 Mero Lagani

नागरिक लगानी कोष (CIT) र राष्ट्रिय बाणिज्य बैक (RBB)वीच कोषको रकम बैकको केन्द्रिय खातामा एविविएस मार्फत सिधै सम्बन्धित योजनाको खाताहरुमा जम्मा हुने सम्बन्धी सम्झौता भएको छ । बैकका सबै कार्यालयबाट एविविएस मार्फत रकम संकलन तथा ट्रान्सफरका कार्यलाई अझ बढि सरल र सुविधायुक्त बनाउने उद्देश्यले दुई संस्थावीच शुक्रबार सम्झौता भएको हो ।

सम्झौतामा कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र बैकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन । सम्झौता आदान प्रदान कार्यक्रममा कोषका कार्यकारी निर्देशक पोखरेलले २०७३ साउन देखी सम्झौता कार्यान्वयमा आउने बताए । त्यसैगरी बैकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सम्झौतामा उल्लेखित बुदाहरु पुरा गर्ने प्रतिवद्वता ब्यक्त गरे ।

सम्झौता अनुरुपको कार्य शुरु भएपछि नेपाल भरी बैंकका शाखाहरुमा कोषको नाममा रहेका खाताहरु बन्द गरी बाँकी रहेको सम्पुर्ण रकम कोषको एविविएसमा रहेका बैंकको थापाथली, टेकु र बानेश्वर बैंकिङ कार्यालयबाट हुने ब्यवस्था गरिएको छ । यस्को लागि ६ वटा खाताहरुमा निक्षेप रकम जम्मा गर्नको लागि खाताको नाम र खाता नं. उल्लेख भएको अलग अलग रंगका भौचरहरुको व्यवस्था बैंकले गर्ने जानकारी कोषका सूचना अधिकृत उद्धव सिलवालले दिए ।

त्यस्ता खाताहरुमा ना.ल कोष कर्मचारी वचत वृद्वि अबकाश कोष, नाल कोष निजामती बिमा कोष, ना.ल कोष शिक्षक बिमाकोष, नाल कोष सैनिक बिमाकोष, नाल कोष नेपाल प्रहरी बिमाकोष र नाल कोष सशस्त्र प्रहरी बिमाकोष रहेका छन । यसबाट कोष र बैकको रिकसिन्लेसन तथा हिसाव मिलान कार्यमा सहजता मिल्ने अपेक्षा गरिएको छ । यो भन्दा अघि १ असारमा नेपाल बैक लिमिटेड संग पनि सम्झौता भई कार्यान्वयनमा आइसकेको छ ।

..............................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।