ग्रीन डेभलपमेन्ट बैंकको आइपीओमा नपरेको पैसा आजदेखि फिर्ता

Jul 18, 2016 merolagani

ग्रीन डेभलपमेन्ट बैंक (GRDBL) को साधारण शेयर नपरेको पैसा आजदेखि फिर्ता गरिने भएको छ। शेयर नपरेको पैसा फिर्ता लिनका लागि आवेदकहरुलाई शेयर बाँडफाँड पत्र संकलन गर्न परिचय पत्रसहित आवेदन दिएको स्थानमा जानुपर्ने कम्पनीको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनआइबिएल क्यापिटलले जनाएको छ।



एनआइबिएल र ग्रीन डेभलपमेन्ट बैंकको खाता उपलब्ध गराएका आवेदकको शेयर नपरेको पैसा भने सिधै उनीहरुको खातामा जम्मा हुने क्यापिटलले जनाएको छ।

बैंकले प्रति कित्ता १ सय रुपैयाँका दरले कुल ४ लाख ५० हजार साधारण शेयर निष्काशन गरेको थियो। कम्पनीले ५० कित्ता देखि ९ सय कित्ताका लागी आवेदन दिएका आवेदकलाई गोला प्रथा प्रणालीबाट साधारण शेयर बांडफांड गरेको थियो। त्यस्तै ९ सय १० कित्ता देखि १० हजार कित्ताका लागी आवेदन दिएकालाई १.१ प्रतिशतले समानुपातिक प्रणालीबाट आइपीओ बांडफांड गरेको थियो।

 

आइपीओ वितरणपछि कम्पनीको चुक्ता पुंजी १० करोड रुपैयाँ पुगेको छ। त्यस्तै कम्पनीमा सेयर स्वामित्व अनुपात संस्थापक ५५ तथा साधारण ४५ प्रतिशत रहेको छ ।

 

..............................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।