अरनिको डेभलपमेन्टको खुद नाफा ५ करोड ८४, खराब कर्जा घट्यो

Jul 20, 2016 merolagani

अरनिको डेभलपमेन्ट बैंक लिमिटेड (ARDBL) ले गत आर्थिक वर्ष ५ करोड ८४ लाख रुपैँया खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष ३ करोड १३ लाख रुपैँया खुद नाफा कमाएको बैंकको नाफा ८६ प्रतिशतले बढेको छ । बैंकले ३ करोड ७९ लाख रुपैयाँ बराबरको खराबकर्जा उठाएपछि नाफामा सुधार आएको छ भने खराब कर्जा समेत एक प्रतिशत भन्दा तल झरेको छ ।



२५ करोड ७८ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा ८ करोड ७७ लाख रुपैयाँ राखेको छ । बैंकले यसअवधिमा २ अर्ब १ करोड छ भने कर्जा तथा लगानी १ अर्ब ७९ करोड रुपैयाँ रहेको छ ।

०.९८ प्रतिशत मात्रै खराब कर्जा रहेको बैंकको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ६८, कर्जा निक्षेप अनुपात ७५ प्रतिशत,मुल्य आम्दानी अनुपात १६.७६ प्रतिशत र प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ रहेको छ ।

 

...........................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।