एनआइसी एशिया बैंक र बुटबल पावर कम्पनीको हकप्रदमा नबिकेको शेयर लिलाम सुरु

Jul 21, 2016 Mero Lagani

एनआइसी एशिया बैंक (NICA) र बुटबल पावर कम्पनी (BPCL) ले हकप्रद शेयर निष्काशनका दौरान आवेदन नपरेको शेयर लिलाम मार्फत सर्वसाधारणका लागि बिक्रि खुल्ला गरेका छन् । २०७० सालमा निष्काशन गरेको हकप्रद नबिके पछि बुटबल पावरले अहिले शेयर लिलाम गरेको हो भने एनआइसी एशियाले केही समय अघि निष्काशन गरेको हकप्रद नबिके पछि नबिकेको शेयर लिलाम गरेको हो ।

एनआइसी एशिया बैंक (NICA)

एनआइसी एशिया बैंकले केही समय अघि निष्काशन गरेको २५ प्रतिशत हकप्रद शेयरका लागि सबै शेयरधनीले आवेदन नदिए पछि उक्त शेयर लिलाम गर्न लागेको हो । बैंकले संस्थापक तर्फको ५५ कित्ता र सर्वसाधारण तर्फको ४ लाख ३३ हजार ९ सय १ कित्ता शेयर लिलाममा राखेको हो ।

बैंकको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक सिभिल क्यापिटलबाट १ सय रुपैंयामा आवेदन फारम लिएर प्रतिकित्ता १ सय रुपैंयाबाट बढेर शेयर आवेदन गर्न सकिनेछ । डिम्याट खाता उल्लेख नगरी दिइएको आवेदन स्वतः खारेज हुने बैंकले जनाएको छ । साउन २० गते भित्रमा सिभिल क्यापिटलमा लिलामका लागि आवेदन दिइसक्नु पर्ने जनाएको बैंकले साउन २१ गते बोलकबोल खोल्ने जनाएको छ ।

बुटबल पावर कम्पनी (BPCL)


उता बुटबल पावर कम्पनीको १७ औं वार्षिक साधारण सभाले पारित गरि २०७० सालमा ३ बराबर २ कित्ता अर्थात ६६ दशमलव ६६ प्रतिशत हकप्रद शेयर निष्काशन गरेको थियो । कम्पनीले त्यस बेला आवेदन नपरेको १ लाख ८८ हजार ९ सय ३० कित्ता शेयर लिलाम सुरु गरेको हो ।

प्रतिकित्ता शेयरका लागि आवेदकले न्युनतम १ सय रुपैंयादेखि बढेर आवेदन दिन सकिने बताइएको छ । आवेदकले एनएमबी क्यापिटलबाट १ सय रुपैंयामा आवेदन पारम किनेर आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ । साउन २६ गतेसम्ममा आवेदन दिन सकिने शेयर परेको बोलकबोल साउन २७ गते एनएमबी क्यापिटलमा खोलिने कम्पनीले जनाएको छ ।

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।