फाईनान्सहरुले गत आर्थिक बर्षमा कति खुद नाफा कमाए ? (अद्यावधिक)

Jul 25, 2016 Mero Lagani

- परमेश्वर अधिकारी
शेयर बजारमा बैंक तथा बित्तीय संस्थाहरुले गत आर्थिक बर्षमा कति खुद नाफा कमाए भन्ने लगानीकर्ताहरुको चासोलाई मेरो लगानी डटकमले सम्बोधन गर्दै बाणिज्य बैंकहरुको खुद नाफा सम्बन्धी आंकलन प्रकाशित गरिसकेको छ । यसै क्रममा फाईनान्स कम्पनीहरुले कति कमाए भन्ने बारेमा पनि हामीले तथ्य संकलन गर्दै आँकलन प्रस्तुत गरेका छौ ।

 

स्पष्टिकरणः पोखरा फाइनान्सको खुद नाफा प्रक्षेपणका क्रममा कम्पनीबाट अनौपचारिक रुपमा प्राप्त जानकारीमा केही फरक पर्न गएको हुनाले सच्याइएको छ । यसअघि यहाँ प्रकाशित सामाग्रीमा पोखरा फाइनान्सको खुद नाफा १७  करोड उल्लेख भएको तर कम्पनीका अधिकारीले खुद नाफा हिसाब गणनामा परिवर्तन भएको जनाई मेरोलगानी डटकमलाई  ९ करोड   आंकलन गरिएको  जनाएका छन् । यसबाट आम लगानीकर्तामा भ्रम पर्न गएकोमा क्षमापार्थी छौ ।

गुडविल फाईनान्सले मेरोलगानी डटकममा प्रस्तुत आँकलन अनुसारकै खुद नाफासहितको बित्तीय बिबरण मंगलबार प्रकाशित गरेको छ । 

सूचनामा लगानीकर्ताहरुको पहुच कायम गर्ने पबित्र उद्धेश्यबाट यो आँकलन संकलन प्रेरित छ । लगानीकर्ताहरुले कम्पनीको वास्तबिक अबस्था पत्ता लगाएर र त्यसको बिश्लेषण गरेर सुरक्षित लगानी गर्न सघाउ पुगोस भन्ने हाम्रो प्रयास हो ।

यो बिबरण सम्बन्धित फाईनान्स कम्पनीका अधिकारीहरुसँगको अनौपचारिक कुराकानीमा आधारित भएर तयार पारिएको हो र अन्तिम बित्तीय बिबरण प्रकाशन गर्दा सामान्य रुपमा केही फरक पर्नसक्ने छ । केही कम्पनीहरुले संचालन नाफा मात्र हिसाव गरेका, प्रोभिजन, कर्मचारी बोनस र कर मिलानका कुराहरु बांकी नै रहेका देखिएको छ । यसले फाईनान्स कम्पनीहरुको नाफा कमाईको प्रबृत्ति र क्रमलाई मात्र प्रतिनिधित्व गर्छ ।

बाणिज्य बैंकहरुमा कस्ले कति खुद नाफा कमाए ? ( आँकलनसहित)

बाणिज्य बैंकहरुको सवालमा गरिएको आँकलन अहिलेसम्म बित्तीय बिबरण प्रकाशित गरेका बाणिज्य बैंकहरुसँग लगभग मिलेको छ।  आम लगानीकर्ताले तथ्यहरु जाँचेर मात्र सुरक्षित कम्पनीमा लगानी गर्नुपर्नेमा यहाँ जोड दिईन्छ । 

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।