गरिमा बिकास बैंकले अघिल्लो आर्थिक बर्षमा १६ करोड ३१ लाख रुपैयाँ खुद नाफा गरेकोमा गत आर्थिक बर्षमा २२ करोड नघाएर प्रगतिको उदाहरण प्रस्तुत गरेको छ । ब्याज आम्दानी र संचालन मुनाफामा १० करोड हाराहारीले बृद्धि गरेको गरिमाले निक्षेप संकलन र कर्जा परिचालनलाई पनि आक्रामक रुपमा अगाडि बढाएर आगामी दिनमा झनै राम्रो प्रतिफल हासिल गर्ने दिशामा अगाडि बढेको देखिन्छ ।
८५ करोड चुक्ता पूँजी रहेको गरिमाको प्रति शेयर आम्दानी २६ रुपैयाँ नाघेको छ । बैंकको जगेडा कोषमा ३४ करोड ९६ लाख रुपैयाँ पुगेको छ । निस्क्रिय कर्जा अनुपात ०।३० प्रतिशत, मूल्य आम्दानी अनुपात १३.५८ गुणा, प्रति शेयर नेटवर्थ १४०.९९ र पूँजी कोष १३.८० प्रतिशत रहेको छ ।
उता भार्गव बिकास बैंकले अघिल्लो आर्थिक बर्षमा तीन करोड ९ लाख खुद नाफा गरेकोमा गत आर्थिक बर्षमा २ करोड ५८ लाखमा खुम्चिएको छ । ब्याज आम्दानी र संचालन नाफा बढे पनि कर प्रयोजनका लागि बढी प्रोभिजन गर्नु परेका कारण खुद नाफामा कमी आएको देखिन्छ । बैंकको निक्षेप र कर्जा बढेको छ र निस्क्रिय कर्जा अनुपात घटेर ०.१२ प्रतिशतमा झरेको छ । १२ करोड चुक्ता पूँजी रहेको बैंकको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ५५ पैसा, प्रति शेयर नेटवर्थ १३५ र मुल्य आम्दानी अनुपात २५ गुणा रहेको छ । बैंकको जगेडा कोषमा ४ करोड २७ लाख, पूँजी कोष अनुपात १२.२८ प्रतिशत रहेको छ ।
अर्को तर्फ पोखरा फाईनान्सको भने खुद नाफामा निकै गिरावट आएर १५ करोड ६४ लाखबाट ८ करोड ७५ लाखमा खुम्चिएको छ । फाईनान्सको ब्याज आम्दानी र संचालन नाफा घटेको छ भने कर्मचारी र संचालन खर्च बढ्दाको मार खेप्नु परेको देखिएको छ । पोखरा फाईनान्सको नियमित कृयाकलापबाट हुने आम्दानी झण्डै दोब्बरले घटेको छ । निक्षेप संकलन र कर्जा प्रबाह सामान्य रुपमा बढेका छन् । निस्क्रिय कर्जा अनुपात घटाए पनि फाईनान्सको प्रगति झल्किन नसक्नु चिन्ताको बिषय हो ।
पोखरा फाईनान्सको खुद नाफाबारे मेरोलगानीले गरेको पूर्व आँकलन लगभग मिलेको छ ।
फाईनान्सहरुले गत आर्थिक बर्षमा कति खुद नाफा कमाए ? (अद्यावधिक)
४९ करोड चुक्ता पूँजी रहेको फाईनान्सको प्रति शेयर आम्दानी १७ रुपैयाँ र जगेडा कोषमा १९ करोड रहेको छ । फाईनान्सको प्रति शेयर नेटवर्थ १४०, मूल्य आम्दानी अनुपात १६ गुणा र पूँजी कोष अनुपात २२ प्रतिशत रहेको छ ।
...............................................................................................................................................................
डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।
....................................................................................................................................................................
मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।
...............................................................................................................................................................