जीवन बीमा कम्पनीहरुले यसरी बढाए व्यवसाय (आँकडासहित)

Jul 29, 2016 Mero Lagani

जीवन बीमा कम्पनीहरुले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा उल्लेख्य मात्रामा आफ्नो व्यवसाय बढाएका छन् । भूकम्प पछिको अवस्थाले पनि जीवन बीमा कम्पनीहरुको व्यवसायमा ३० प्रतिशतको हाराहारीमा वृद्धि भएको देखिन्छ । ९ वटा जीवन बीमा कम्पनीले गत आर्थिक वर्षमा मात्र ३२ अर्ब रुपैंयाभन्दा बढी बीमा शुल्क आर्जन गरेका छन् ।

बीमा समितिले बीमा कम्पनीहरुलाई त्रैमासको अन्त्यमा अनिवार्य रुपमा वित्तीय अवस्थाको खाका पठाउन निर्देशन दिएको थियो । जस अनुसार बीमा कम्पनीहरुले बीमा समितिमा बुझाएको तथ्यांकले अघिल्लो आर्थिक वर्षको तुलनामा जीवन बीमा कम्पनीहरुको व्यवसाय २९ दशमलव ५४ प्रतिशतले बढेको देखाएको छ । अघिल्लो आर्थिक वर्षमा ९ बीमा कम्पनीले २४ अर्ब ८० करोड रुपैंया बीमाशुल्क आर्जन गरेकोमा गत आर्थिक वर्षमा ३२ अर्ब १३ करोड रुपैंया बराबरको बीमाशुल्क संकलन गरेका छन् ।

बीमा नबिकरण तथा बैदेशिक रोजगारी बीमा वापत संकलन भएको शुल्क समेत गरेर तयार पारेको तथ्याकंमा सबैभन्दा धेरै प्रगती सुर्या लाइफ इन्स्योरेन्स कम्पनीको देखिएको छ । त्यस पछि धेरै सुधार गर्नेको सुचीमा दोस्रो स्थानमा गुराँस लाइफ रहेको छ भने तेस्रो स्थानमा लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल रहेको छ ।

यस्तो छ जीवन बीमा कम्पनीहरुको बीमा व्यवशायमा भएको बिस्तार :

९ वटा जीवन बीमा कम्पनीहरुले गत असार मसान्तसम्ममा ९ अर्ब ३७ करोड रुपैंया बढी प्रथम बीमा शुल्क, २० अर्ब ६५ करोड बढी नविकरणीय बीमा शुल्क र १ अर्ब ८२ करोड बढी बैदेशिक रोजगार बीमा शुल्क आर्जन गरेका छन् ।

बीमा कम्पनीहरु मध्ये नेपाल लाइफ इन्स्योरेन्स (NLIC) ले गत आर्थिक बर्षमा ३ अर्ब २८ करोडको हाराहारीमा प्रथम बीमा शुल्क आर्जन गरेको छ । त्यसै गरि लाइफ इन्स्योरेन्स कर्पोरेशन (LICN) ले २ अर्ब १५ करोड भन्दा बढी प्रथम बीमा शुल्क आर्जन गरेको छ । प्रथम बीमा शुल्क आजैन गर्ने कम्पनीहरुमा नेशनल लाइफ इन्स्योरेन्स (NLICL) १ अर्ब ३ करोड हाराहारी, राष्ट्रिय बीमा संस्थान (RBS) साढे ३० करोड हाराहारी, मेट लाइफ पौने ७२ करोड हाराहारी, एशियन लाइफ (ALICL) ६० करोड हाराहारी, प्राइम लाइफ (PLIC) ५२ करोड हाराहारी, सुर्या लाइफ इन्स्योरेन्स (SLICL) ४१ करोड र गुराँस लाइफ (GLICL) ले साढे ३६ करोड रुपैंया प्रथमबीमा शुल्क आर्जन गरेका छन् ।

तथ्यांकमा उल्लेख गरएका ९ जीवन बीमा कम्पनीहरु मध्ये मेट लाइफ इन्स्योरेन्स सुचिकृत कम्पनी हैन ।

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।