तल्लो खारे खोला जलविद्युत आयोजना बारे युनिभर्सल पावर कम्पनी यसो भन्छ :

Jul 29, 2016 Mero Lagani

युनिभर्सल पावर कम्पनी र तल्लो खारे खोला जलविद्युत आयोजनाको बारेमा केही संचार माध्यमबाट भ्रमपूर्ण खबर सम्प्रेषण भएको भन्दै युनिभर्सल पावर कम्पनीले ध्यानाकर्षण भएको जनाएको छ । कम्पनी ऐन अनुसार खारे इन्भेष्टमेण्ट लिमिटेडको ८८ प्रतिशत स्वामित्व रहेको युमिभर्सल पावर कम्पनी र कम्पनीको लगानीमा निर्माण हुन लागेको तल्लो खारे खोला जलविद्युत आयोजनाका सम्बन्धमा कम्पनीले विज्ञप्ती मार्फत प्रष्ट पारेको हो ।

‘युनिभर्सल पावर कम्पनी र तल्लो खारे खोला जलविद्युत आयोजनाको बारेमा केही संचार माध्यमबाट भ्रमपूण र असत्य समाचार प्रकाशित भएकोमा युनिभर्सल पावर कम्पनीको ध्यानाकर्षण भएको छ । यस युनिभर्सल पावर कम्पनी र तल्लो खारे खोला जल विद्युत आयोजनाको बारेमा निम्न लिखित कुराहरु सत्य भएकोले अन्य असत्य र भम्रपूर्ण सूचनाहरुलाई आधिकारीक नठान्न सरोकारवाला सबैमा हार्दिक अनुरोध गर्दछौ ।’ कम्पनीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रष्टीकरणको पहिलो बुँदा यस्तो छ :

‘कम्पनी ऐन २०६३ अनुसार संस्थापित युनिभर्सल पावर कम्पनीमा खारे इन्भेष्टमेन्ट लि.को ८८% स्वामित्व रहेको छ । खारे इन्भेष्टमेन्ट लि. सि.ई.डि.वी. हाइड्रो फन्ड लि को शत् प्रतिशत स्वामित्वको सहायक कम्पनी हो । सि.ई.डि.वी. हाइड्रो फन्ड आज भन्दा ६ बर्ष अघि क्लिन इनर्जी डेभलपमेन्ट बैंक द्वारा सहायक कम्पनीको रुपमा जल विद्युतको विकासको लागी स्थापना गरिएको थियो र मिति २०७१÷०४÷१८ सम्म पनि क्लिन इनर्जी डेभलपमेन्ट बैंकको सहायक कम्पनीको रुपमै रहेको थियो । क्लिन इनर्जी डेभलपमेन्ट बैंक एन.एम.बी बैंकमा मर्ज भए पछि पनि एन.एम.बी बैंकको शेयर सि.ई.डि.वी.हाइड्रो फन्डमा रहेको छ ।’

कम्पनीले सरोकारवालका नाममा जारी गरेको विज्ञप्तीको पुर्ण पाठ यहाँ क्लिक गरेर पढ्नुहोस् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।