जानकी फाईनान्सको खुद नाफा झण्डै ८ करोड, निस्क्रिय कर्जा घट्यो

Jul 31, 2016 Merolagani

जनकपुरको जानकी फाइनान्स(JFL)ले गत आर्थिक बर्षमा ७ करोड ९४ लाख खुद नाफा कमाउनुका साथै निस्क्रिय कर्जा अनुपात घटाएर आफुमा सुधार भएको बित्तीय बिबरण सार्वजनिक गरेको छ । फाईनान्सले दुई करोड ४९ लाख रुपैयाँ कर्जा जोखिम ब्यहोर्ने कोषबाट फिर्ता ल्याएको छ भने ब्याज आम्दानी र संचालन मुनाफा समेत बढाएको छ ।

 

मेरोलगानी डटकमले जानकी फाईनान्सको ७ करोड हाराहारीमा खुद नाफा आउने आँकलन गरेकोमा त्यसभन्दा बढी आएको छ ।

फाईनान्सहरुले गत आर्थिक बर्षमा कति खुद नाफा कमाए ? (अद्यावधिक)

फाइृनान्सको निस्क्रिय कर्जा अनुपात अघिल्लो आर्थिक बर्षमा ५.३६ प्रतिशत थियो भने गत आर्थिक बर्षको अन्त्यसम्ममा २.५६ प्रतिशतमा झरेको छ । कम्पनीको प्रति शेयर आम्दानी २५ रुपैयाँ नाघेको छ भने मूल्य आम्दानी अनुपात १५ गुणा मात्र छ । ३१ करोड चुक्ता पूँजी रहेको फाईनान्सको जगेडा कोषमा २१ करोड ८० लाख रुपैयाँ छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।