अल्पाइनको ८ लाख २० हजार कित्ता हकप्रद खुल्यो, मिथिला लघुवित्तको पनि ५० प्रतिशत

Aug 03, 2016 merolagani

अल्पाइन डेभलपमेन्ट बैंक (ALDBL) ले ८ लाख २० हजार कित्ता हकप्रद शेयर बिक्री खुला गरेको छ । बैंकले तीन कित्ता बराबर २.०८ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो । त्यस्तै मिथिला लघुवित्त विकास बैंक (MLBBL) ले पनि एक लाख ६९ हजार ७ सय ४० कित्ता अर्थात ५० प्रतिशत हकप्रद शेयर जारी गरेको छ  । दुवै कम्पनीको हकप्रद शेयरका लागि भाद्र २१ गतेसम्म आवेदन दिन पाईनेछ ।

अल्पाइनको आयो ८ लाख २० हजार कित्ता हकप्रद

अल्पाइनले एक सय रुपैयाँ अंकित दरका ८ करोड २० लाख रुपैयाँ बराबरको ८ लाख २० हजार हजार कित्ता हकप्रद निष्कासन गरेको हो । असार २१ गतेसम्म कायम अल्पानइनका शेयरधनीले हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् । बैंकको हकप्रदका लागि भाद्र २१ गतेसम्म आवेदन दिन पाइनेछ ।

बैंकको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । लगानीकर्ताले एनमबी क्यापिटल, एनएमबी बैंक र बैंकका सबै शाखा कार्यालयबाट हकप्रदका लागि आवेदन दिन पाउनेछन् ।

 

हाल बैंकको ११ करोड ८० लाख रुपैयाँ चुक्तापूँजी रहेको छ । हकप्रद पश्चात बैंकको पूँजी २० करोड रुपैयाँ पुग्नेछ ।

 

मिथिला लद्युवित्तको ५० प्रतिशत हकप्रद

यसैगरि मिथिला लद्युवित्त विकास बैंकले पनि आजैदेखि ५० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको छ । मिथिलाले एक करोड ६९ लाख ७४ हजार रुपैयाँ बराबरको एक लाख ६९ हजार ७ सय ४० कित्ता हकप्रद निष्कासन गरेको हो ।

बैंकको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ । बैंकका सम्पूर्ण शाखा कार्यालय तथा सिभिल क्यापिटल मार्फत हकप्रद शेयरमा आगामी भाद्र २१ ग्तेसम्म आवेदन दिन सकिनेछ ।

हाल बैंकको चुक्तापूँजी ३ करोड ३९ लाख रुपैयाँ रहेको छ । हकप्रद निष्कासन पश्चात बैंकको पूँजी ५ करोड ९ लाख रुपैयाँ पुग्नेछ ।

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।