लाभांश घोषणा गर्नेमा पहिलो बन्यो पोखरा फाइनान्स

Aug 07, 2016 merolagani

पोखरा फाइनान्स(PFL) गत आर्थिक बर्षको मुनाफाबाट लगानीकर्तालाई वितरण गर्ने लाभांश घोषणा गर्ने पहिलो कम्पनी बनेको छ । फाइनान्सले १३ दशमलब ५० प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ । साउन २० गते बसेको कम्पनीको सञ्चालक समितिले उक्त निर्णय गरेको हो ।


साथै, फाइनान्सले कर प्रयोजनको लागि शुन्य दशमलब ७१ प्रतिशत नगद लाभांश दिने भएको छ । समितिको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले परित गरेपछि मात्र शेयरधनीले सो लाभांश पाउने छन् ।

गत आर्थिक बर्षमा फाइनान्सले ८ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । जून अघिल्लो आर्थिक बर्षको भन्दा झण्डै आधा हो । अघिल्लो आर्थिक बर्षमा कम्पनीले १५ करोड ६४ लाख नाफा कमाएको थियो । 

४९ करोड चुक्ता पूँजी रहेको फाईनान्सको बोनश वितरणपश्चात कम्पनीको पूँजी ५६ करोडको हाराहारीमा पुग्नेछ । कम्पनीको प्रति शेयर आम्दानी १७ रुपैयाँ र जगेडा कोषमा १९ करोड रहेको छ । फाईनान्सको प्रति शेयर नेटवर्थ १४०, मूल्य आम्दानी अनुपात १६ गुणा र पूँजी कोष अनुपात २२ प्रतिशत रहेको छ ।

 

...............................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

...............................................................................................................................................................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।