यस्तो छ सहयोगी विकास बैंक र मिथिला लघुवित्तको गतबर्षको प्रगति

Aug 08, 2016 merolagani

सहयोगी विकास बैंक (SBBLJ) र मिथिला लघुवित्त विकास बैंक (MLBBL) ले अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्षमा नाफा बढाएका छन् । सहयोगीले करिब आठ प्रतिशत तथा मिथिलाले करिब १५ प्रतिशतका दरले नाफा बढाएका हुन् । सहयोगी विकास बैंकले सहारा बिकास बैंकसँग मर्जरमा जाने सम्झौता गरेको छ । मिथिला लघुवित्तले ५० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको छ ।

सहयोगीको नाफा बढ्यो 

सहयोगी विकास बैंकले गत आर्थिक बर्षमा ७ करोड ५५ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो वर्षको यसै अवधिभन्दा यो वृद्धि ७.८ प्रतिशतको हो ।

२५ करोड ७८ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडाकोषमा १३ करोड ३७ लाख रुपैयाँ राखेको छ । बैंकले यसअवधिमा २ अर्ब ७१ करोड ७४ लाख रुपैयाँ निक्षेप संकलनगरी २ अर्ब २६ करोड ८६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

निष्कृय कर्जा शुन्य दशमलव १८ प्रतिशत रहेको बैंकले प्रोभिजनमा २ करोड ६६ लाख रुपैयाँ छुटाएको छ भने २ करोड १३ लाख रुपैयाँ खराबकर्जा उठाएको छ ।

कम्पनीको प्रति शेयर आम्दानी वार्षिक २९ दशमलव ३२ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १३ दशमलव ४७ गुण, प्रति शेयर नेटवर्थ १ सय ५१ दशमलव ८६ रुपैयाँ, तरलता अनुपात २९ दशमलव ७४ गुणा रहेको छ ।

सहयोगी विकास बैंकले सहारा बिकास बैंकसँग गाभिने सहमति गरिसकेको छ । नयाँ बन्ने बैंक सहयोगि विकास बैंकको नामबाट संचालनमा आउने छ भने तीन जिल्ले बैंकको चुक्तापुँजी ३२ करोड रुपैयाँ पुग्नेछ ।तीनजील्ले विकास बैंकले ०७४ असारसम्म ५० करोड रुपैयाँ चुक्तापुँजी पुर्याउनुपर्ने हुन्छ ।

 

मिथीला लघुवित्तको नाफा ९० लाख

 

मिथिला लघुवित्त विकास बैंकले गत आर्थिक वर्ष ९० लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले ७८ लाख रुपैयाँ मुनाफा कमाएको थियो । यो नाफा अघिल्लो वर्षको तुलनामा १४ दशमलव ७३ प्रतिशतले बढी हो ।

३ करोड ३९ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडाकोषमा १ करोड ४२ लाख रुपैयाँ राखेको छ । बैंकको निक्षेप ६ करोड २० लाख रुपैयाँ तथा कर्जा लगानी २९ करोड २८ लाख रुपैयाँ रहेको छ ।

निष्कृय कर्जा ३ दशमलव ९५ प्रतिशत राखेको बैंकले प्रोभिजनमा ४९ लाख रुपैयाँ राखेको छ । खराबकर्जा जम्मा ४३ हजार रुपैयाँ उठाएको छ । बैंकको जोखिमयुक्त सम्पत्ति १० दशमलव २९ प्रतिशत रहेको छ । प्रतिशेयर आम्दानी २६ दशमलव ५६ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १ सय ७ दशमलव ३० गुणा, प्रतिशेयर नेटवर्थ १ सय ४२ दशमलव ०१ रुपैयाँ र तरलता अनुपात ९ दशमलव ६८ प्रतिशत रहेको छ ।

मिथिला लद्युवित्त विकास बैंकले पनि ५० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको छ । मिथिलाले एक करोड ६९ लाख ७४ हजार रुपैयाँ बराबरको एक लाख ६९ हजार ७ सय ४० कित्ता हकप्रद निष्कासन गरेको हो । हाल बैंकको चुक्तापूँजी ३ करोड ३९ लाख रुपैयाँ रहेको छ । हकप्रद निष्कासन पश्चात बैंकको पूँजी ५ करोड ९ लाख रुपैयाँ पुग्नेछ।

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।