१५ प्रतिशत बोनश बाड्ने फस्र्ट माइक्रोको प्रस्ताव, कृषि विकास बैंक र कास्की फाइनान्सको सूचिकृत

Aug 10, 2016 merolagani

फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेड (FMDBL) ले गत आर्थिक बर्षको मुनाफबाट १५ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । यता कृषि विकास बैंक (ADBL)  र कास्की फाइनान्स (KAFIL) ले अघिल्लो आर्थिक बर्षको मुनाफाबाट वितरण गरेको बोनश शेयर नेप्सेमा सूचिकृत भएको छ ।

फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेड(FMDBL)ले शेयरधनीलाई १५ प्रतिशत बोनश शेयर दिने भएको छ । बैंकको साउन २५ मा बसेको सञ्चालक समितिको बैंठकले १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

बैंकले गत आवको मुनाफाबाट उक्त लाभांश दिने लागेको हो । बैंकको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त गरेपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि वितरण गरिनेछ ।

कृषि विकास बैंक (ADBL) ले अघिल्लो आर्थिक बर्षको मुनाफाबाट वितरण गरेको बोनश शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । बैंकको ५१ लाख ३६ हजार कित्ता शेयर बुधबार नेप्सेमा सूचीकृत भएको हो ।

यसैगरि कास्की फाइनान्स लिमिटेड (KAFIL) को बोनश शेयर पनि नेप्सेमा सूचीकृत भएको छ । फाइनान्सको ४ लाख ८९ हजार चार सय ७९ कित्ता शेयर बुधबार नेप्सेमा सूचीकृत भएको हो ।

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

 
comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।