नेप्सेमा फेरी थपियो ४ कम्पनीको १ करोड कित्ता शेयर, शेयर सुचिकरण हुने बैंकहरु कुन् कुन् हुन् ?

Aug 10, 2016 Mero Lagani

नेप्सेमा बुधबार पछिल्लो पटक ४ वटा कम्पनीका १ करोड भन्दा बढी कित्ता बोनस तथा हकप्रद शेयर कारोबारका लागि सुचिकृत भएका छन् । यस अघि कृषि विकास बैंक र कास्की फाइनान्सको बोनस शेयर सुचिकृत भएका थिए । बुधबार नेप्सेमा थपिएका ६ कम्पनीको बोनस तथा हकप्रद शेयरको संख्या १ करोड ५७ लाखभन्दा बढी पुगेको छ ।

नागरिक लगानी कोष (CIT) को १५ लाख ७५ हजार कित्ता बोनस शेयर कारोबारका लागि नेप्सेमा सुचिकृत भएका छन् । त्यसै गरि इन्नोभेटिभ डेभलपमेण्ट बैंक (INDB) को ४ लाख ५ हजार कित्ता बोनस शेयर तथा १० लाख कित्ता हकप्रद शेयर पनि नेप्सेमा सुचिकृत भएका छन् ।

फेवा विकास बैंक (FBBL) को १७ लाख ८७ हजार ८ सय ४६ कित्ता बोनस शेयर पनि नेप्सेमा बुधबार मात्रै सुचिकृत भएका छन् । त्यसै गरि माछापुछ्रे बैंक (MBL) को ५३ लाख ३० हजार ४ सय कित्ता बोनस शेयर पनि नेप्सेमा सुचिकृत भएका छन् । यी ४ संस्थाको मात्र गरि नेप्सेमा १ करोड ९८ हजार २ सय ४६ कित्ता शेयर सुचिकृत भएका हुन् ।

कृषि विकास बैंक (ADBL) को ५१ लाख ३६ हजार तथा कास्की फाइनान्स (KAFIL) को ४ लाख ८९ हजार ४ सय ७९ कित्ता शेयर सहित बुधबार मात्रै नेप्सेमा १ करोड ५७ लाख २३ हजार ७ सय २५ कित्ता शेयर सुचिकृत भएको हो ।

१५ प्रतिशत बोनश बाड्ने फस्र्ट माइक्रोको प्रस्ताव, कृषि विकास बैंक र कास्की फाइनान्सको सूचिकृत

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।