अपी पावरले दुई सय प्रतिशत हकप्रद बिकाउन लगानीकर्तालाई ५ प्रतिशत प्रतिफलको ल्यायो प्रस्ताव

Aug 10, 2016 Mero Lagani

अपी पावर (API) ले लगानीकर्तालाई बोनस तथा नगद लाभांस बितरण गर्ने प्रस्ताव सहित साधारण सभा आह्वान गरेको छ । उसले साधारण सभा प्रयोजनका लागि शेयरधनी पुस्तिका बन्द गर्ने मिति पनि तोकेको छ । कम्पनीले साधारण सभा तथा लाभांसका बारेमा नेपाल स्टक एक्स्चेञ्ज मार्फत सुचना बाहिर ल्याएको छ ।

अघिल्लो आर्थिक वर्षमा सर्वसाधारणमा शेयर जारी गरेर अहिले फेरी प्रति एक कित्ता बराबर २ कादरले हकप्रद शेयर निष्काशनको तयारीमा रहेको अपी पावरले लगानीकर्तालाई ५ प्रतिशत बोनस तथा शुन्य दशमलव २६३ प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेको हो । कुनै पनि निकायबाट लाभांस प्रस्तावको स्वीकृति लिनु नपर्ने जलविद्युत कम्पनीहरुको स्वतन्त्रता अनुरुप उसले लाभांस प्रस्तावसंगै साधारण सभा र शेयर धनी पुस्तिका बन्द हुने मितिका सम्बन्धमा पनि निर्णय गरिसकेको छ ।

कम्पनी सञ्चालक समितिको बैठकले भदौ १८ गतेका लागि साधारण सभा आह्वान गरेको छ । साधारण सभा, बोनस तथा लाभांस प्रयोजनका लागि कम्पनीले शेयरधनी पुस्तिका भदौ १ देखि १८ गतेसम्म बन्द हुने जनाएको छ । बोन शेयर बितरण पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ५ करोड रुपैंया पुग्नेछ । प्रस्तावित १ बराबर २ कित्ता हकप्रद शेयरबाट २ अर्ब रुपैंया संकलन गर्नका लागि पनि कम्पनीले आफ्नो भए भरको क्षमताको प्रयोग गरि ५ प्रतिशत बोनस प्रस्ताव गरेको बुझाई छ ।

एउटा कम्पनीबाट विभिन्न जलविद्युत आयोजनाहरुमा हात हाल्दै आएको कम्पनीले १ अर्ब को पूँजी बढाउनका लागि २ अर्ब रुपैंयाको हकप्रद निष्काशनको प्रस्ताव धितोपत्र बोर्डमा लगेको छ । बोर्डले जलविद्युत कम्पनीहरुको नियमक नभएका कारण कम्पनीले प्रस्ताव गरे बमोजिमको हकप्रद निष्काशन गर्ने सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

अघिल्लो आर्थिक वर्षमा ६६ लाख रुपैंया खुद नोक्सान व्यहोरेको कम्पनीले गत आर्थिक वर्षमा ८ करोड रुपैंया खुद नाफा गरेको वित्तीय विबरण सार्वजनिक गरेको छ । अघिल्लो आर्थिक वर्षमा प्रतिशेयर आम्दानी ९३ पैसाले नकरात्मक रहेको कम्पनीले बल्ल तल्ल सुधारको बाटोमा ल्याई ८ रुपैंया पुर्याएको छ । प्रस्तावित हकप्रद निष्काशनका लागि कुनै परिमार्जन नगरी धितोपत्र बोर्डले स्वीकृति दिएको खण्डमा आगामी वर्षबाट कम्पनीलाई आम्दानीको अवस्थामा सन्तुलन गर्न ठुलो चुनौतीको सामना गर्नु पर्ने देखिन्छ ।

१ बराबर २ कित्ता हकप्रदको लोभमा ८ सय रुपैंयासम्म पुर्याइएको मुल्यमा शेयर किन्ने लगानीकर्ताले कहिलेसम्म प्रतिफल पाइएला भनेर पर्खेर बस्नु पर्ने अवस्था पनि देखिन्छ । किनकी अहिले १ अर्बको पूँजीबाट ५ प्रतिशत मात्र प्रतिफल दिन सकेको कम्पनीले एक वर्षमा नै हकप्रदबाट उठेको २ अर्ब रुपैंयाले अचाक्ली कमाई गर्ने कुनै आधार छैन, जसले गर्दा प्रतिशेयर आम्दानीमा असन्तुलन आई लगानीकर्ता जिल्ल परेर बस्नु पर्ने अवस्था आउने सम्भावना पनि उत्तिकै छ । पूँजी संकलन गरेर तत्कालै त्यसले आम्दानी गरिहाल्न नसक्ने भएकाले कम्तीमा अबको २ वर्षसम्म अपी पावरले लगानीकर्तालाई कुनै पनि किसिमको प्रतिफल दिन सक्ने अवस्था नरहन सक्छ ।

 ....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।