एनसीसी बैंकले गर्यो गज्जबको प्रगती, बहत्तर प्रतिशतले कसरी बढायो खुद नाफा ?

Aug 11, 2016 Mero Lagani

५ वटा बैंकहरुसंगको मर्जरको नेतृत्व सम्हालेको नेपाल क्रेडिट एण्ड कमर्श बैंक (NCCB) ले गत आर्थिक वर्षमा कमालको प्रगती गरेको छ । समस्याग्रस्त अवस्थाबाट गुज्रँदै गर्दा राष्ट्र बैंकको निगरानीमा मर्जरमा गएको बैंकले व्यवशायिक पाटोबाट पनि आफुलाई अब्बल बनाउने जमर्को गरेको छ । यस क्रममा उसले साढे बहत्तर प्रतिशतले खुद नाफामा बढोत्तरी गरेको छ ।

कुमारी बैंक सहित अन्य ४ वटा विकास बैंकसंग मर्जर सम्झौता गरे पनि कुमारी बैंक उक्त प्रकृयाबाट बारिए पछि बाँकी संस्थासंग मर्जरको अन्तिम तयारीमा रहेको एनसीसी बैंकले गत आर्थिक वर्षमा गज्जबको प्रगती गरेको हो ।

बैंकले गत असार मसान्तसम्ममा ७० करोड ३० लाख ८८ हजार रुपैंया खुद नाफा कमाएको वित्तीय विबरण प्रकाशित गरि लगानीकर्तालाई आराम भएको आभाष दिलाएको हो । अघिल्लो आर्थिक वर्षमा बैंकले ४० करोड ७६ लाख ५४ हजार रुपैंया खुद नाफा कमाएको थियो । यस आधारमा बैंकले खुद नाफामा २९ करोड ५४ लाख ३४ हजार रुपैंया अर्थात ७२ दशमलव ४७ प्रतिशतले बढोत्तरी गरेको हो ।

बाणिज्य बैंकहरुमा कस्ले कति खुद नाफा कमाए ? ( आँकलनसहित)

चुक्ता पूँजी २ अर्ब ३५ करोड ३१ लाख ७६ हजार रुपैंया मात्र रहेको बैंकको जगेडा कोषमा १ अर्ब २८ करोड ४१ लाख ४५ हजार रुपैंया सञ्चित भएको छ । मर्जरमा गएकै कारण सबल बैंक बन्ने दवाबका बिच बैंकले २३ करोड १७ लाख ५५ हजार रुपैंया राइट व्याक गरेर निष्कृय कर्जा अनुपात शुन्य दशमलव ९० प्रतिशतमा झारेको छ ।

यस दौरानमा बैंकले अघिल्लो आर्थिक वर्षको २६ अर्ब ६६ करोड ११ लाख रुपैंयाको निक्षेप संकलनलाई बढाएर ३० अर्ब ३६ करोड ३५ लाख रुपैंया पुर्याएको छ । त्यसै गरि कर्जा प्रवाह पनि २१ अर्ब ४४ करोड २४ लाख रुपैंयाबाट बढाएर बैंकले २४ अर्ब ८९ करोड ११ लाख रुपैंया पुर्याएको छ । अहिलेको निष्कृय कर्जा अनुपातलाई अझै तल झर्दै जानका लागि आवश्यक उपकरणको प्रयोग गर्ने लक्ष्य बैंकले लिएको छ ।

यसरी व्यवशायिक रुपमा दायरा बढाएको बैंकले व्याज आम्दानी पनि अघिल्लो आर्थिक वर्षको ८० करोड ३८ लाख रुपैंयालाई बढाएर १ अर्ब १८ करोड ९४ लाख रुपैंया पुर्याएको छ । त्यसै गरि ४८ करोड ७७ लाख रुपैंया रहेको अघिल्लो वर्षको सञ्चालन मुनाफालाई पनि बैंकले बढाएर समिक्षा अवधिमा ७४ करो ७६ लाख रुपैंया पुर्याएको छ । नियमित कृयाकलापबाट हुने आम्दानीलाई पनि बैंकले समिक्षा अवधिमा ६२ करोड ६९ लाखबाट बढाएर ९८ करोड २८ लाख रुपैंया पुर्याएको छ ।

पूँजी कोष पर्याप्तता ११ दशमलव ८० प्रतिशत कायम गरेको बैंकको प्रतिशेयर आम्दानी २९ रुपैंया ८८ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १ सय ५४ रुपैंया ५७ पैसा रहेको बैंकको मुल्य आम्दानी अनुपात १२ दशमलव १५ तथा तरलता अनुपात २१ द्यशमलव ३९ र प्रतिशेयर कुल सम्पत्तीको मुल्य १ हजार ५ सय २ रुपैंया ६९ पैसा रहेको छ ।

२ वाणिज्य बैंक सहित अरु ४ विकास बैंकसंग मर्जरमा जाने सम्झौता गरेपछि गत मंसिर १३ गतेदेखि बैंकको शेयर कारोबार रोक्का भएको छ । मंसिर १२ गते अन्तिम पटक भएको कारोबारमा बैंकको प्रतिकित्ता शेयर मुल्य ३ सय ६३ रुपैंया रहेको थियो । एनसीसी सहित ५ संस्था मर्ज भए पछि बैंकको अवस्था अझै सुदृढ हुने र लगानीकर्ताको अपेक्षा अनुरुप व्यवशाय बिस्तार गर्दै प्रतिफल बितरणको आधारलाई बलियो बनाउँदै लैजाने विश्वास बैंकले लिएको छ । बैंक समस्यामा परेको भन्दै २०७० साल माघ २१ गतेदेखि नेपाल राष्ट्र बैंकले एनसीसीको सञ्चालक समितिलाई नियन्त्रणमा लिएर त्यसको जिम्मेवारी आफैले सम्हाल्दै आएको छ ।

एनसीसीसँग मर्जमा जाने प्रस्ताव कुमारीको साधारणसभाबाट अस्वीकृत (भिडियो सहित)

एनसीसीले पारित गर्यो मर्जर प्रस्ताव

यसरी मजबुत बन्दै छ एनसीसी बैंक

एनसीसी र कुमारी बैंक बीच मर्जर सम्झौता हुँदै, राष्ट्र बैंकले रच्यो इतिहास

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।