कालिका माइक्रोक्रेडिटको नाफामा यसरी आयो गिरावट

Aug 12, 2016 Mero Lagani

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा कालिका माइक्रोक्रेडिट (KMCDB) को कामाइमा गिरावट आएको छ । कर्मचारी तथा अन्य खर्च बढ्नुका साथै राइटव्याकमा आएको गिरावटले माइक्रोक्रेडिटको खुद नाफामा गिरावट आएको हो ।

गत आर्थिक वर्षमा माइक्रोक्रेडिटले २ करोड ६४ लाख १० हजार रुपैंया खुद नाफा कमाएको छ । जबकी अघिल्लो आर्थिक वर्षमा माइक्रोक्रेडिटले २ करोड ८७ लाख ११ हजार रुपैंया खुद नाफा कमाएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा माइक्रोक्रेडिटको खुद नाफामा २३ लाख १ हजार रुपैंयाले गिरावट आएको हो । प्रतिशतका आधारमा हेर्दा यो गिरावट ८ दशमलव शुन्य १ प्रतिशत हो ।

 

निक्षेप संकलन, कर्जा प्रवाहमा सामान्य प्रगती गरेको माइक्रोफाइनान्सको कर्मचारी खर्च र अन्य सञ्चालन खर्चमा भएको बढोत्तरी र अघिल्लो आर्थिक वर्षको तुलनामा राइटव्याकमा आएको गिरावटका कारण खुद नाफामा संकुचन आएको हो ।

अघिल्लो आर्थिक वर्षमा १ करोड ४४ लाख रुपैंया रहेको कर्मचारी गर्च गत आर्थिक वर्षमा २ करोड १० लाख रुपैंया पुगेको छ भने अघिल्लो आर्थिक वर्षमा ३ करोड ५ लाख रुपैंया रहेको अन्य सञ्चालन खर्च पनि बढेर ३ करोड ५३ लाख रुपैंया पुगेको छ । त्यसै गरि अघिल्लो आर्थिक वर्षमा माइक्रोफाइनान्सले १ करोड १९ लाख ३७ हजार रुपैंया राइटव्याक गरेकोमा गत आर्थिक वर्षमा ३७ लाख रुपैंया मात्र राइट व्याक गरेको छ । जसका कारण उसको निष्कृय कर्जा अनुपात पनि शुन्य दशमलव ४५ प्रतिशतबाट बढेर १ दशमलव ५८ प्रतिशत पुगेको छ ।

अघिल्लो आर्थिक वर्ष लगानीकर्तालाई प्रतिफल दिने घोषणा गरे पनि राष्ट्र बैंकले माइक्रोक्रेडिटलाई उक्त प्रकृयामा नजान भने पछि उसको चुक्ता पूँजीमा कुनै परिमार्जन भएको छैन । अहिले उसको चुक्ता पूँजी ५ करोड रुपैंया मात्र छ । अघिल्लो आर्थिक वर्षमा कुनै प्रतिफल नदिएको माइक्रेक्रेडिटको जगेडा कोष अघिल्लो आर्थिक वर्षमा ४ करोड १५ लाख १४ हजार रुपैंयाको रहेकोमा यस पटक त्यो बढेर ७ करोड ६४ लाख ५८ हजार रुपैंयाको भएको छ ।

प्रतिशेयर आम्दानी ५२ रुपैंया ८२ पैसा रहेको माइक्रोको मुल्य आम्दानी अनुपात ४२ दशमलव ६०, प्रतिशेयर नेटवर्थ २ सय ५२ रुपैंया ९२ पैसा तथा तरलता अनुपात १९ दशमलव ३७ प्रतिशत रहेको छ ।

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।