यसैलाई हेरेर मात्र जलबिद्युत उत्पादन तथा बिकास कम्पनीको दुई अर्ब रुपैयाँ बराबरको साधारण शेयर किनेका सर्वसाधारण लगानीकर्ताहरु निरास बन्नुहुँदैन किनभने जलबिद्युत क्षेत्रमा गरिएको लगानी दीर्घकालीन लगानी हो । सर्बसाधारणमा शेयर जारी गरेको पहिलो बर्ष नै कम्पनीले राम्रो कमाई गर्न सकेन भनेर सो कम्पनीको शेयर बेचेर भाग्ने हैन, दशौ बर्षसम्मका लागि शेयर सुरक्षित राख्नु नै बुद्धिमानी हो ।
जलबिद्युत उत्पादन कम्पनीले गत बर्षभरिमा जम्मा २५ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ । १० अर्ब चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा झण्डै एक अर्ब रुपैयाँ छ । कम्पनीले गत बर्ष सर्बसाधारणमा शेयर जारी गर्दा ११ करोड २१ लाख रुपैयाँ खर्च हुँदा खर्चको अंश बढ्न गई आम्दानी खुम्चिएको छ ।
आठवटा जलबिद्युत आयोजनाहरुमा लगानी सम्झोता गरिसकेको सो कम्पनीलाई जलबिद्युत आयोजनाहरुले लगानी प्रस्ताव पठाउने क्रम तीब्र भएको कम्पनीले जनाएको छ । कम्पनीले सर्बसाधारणमा शेयर जारी गरेर दोस्रो बजारमा शेयर कारोबार खुलेपछि ठूलो परिमाण र महंगो मूल्यमा शेयर बेचेर केही चलाख लगानीकर्ताहरुले नाफा सुरक्षित गरेका देखिएको छ तर एकसय रुपैयाँमा शेयर प्राप्त गरेर लामो समय राख्नेहरुले पनि जित्ने त्यत्तिकै बलियो आधार छ किनभने यस कम्पनीले ऋण लगानी गरेका कम्पनीहरुले ऋणको सावाँ र ब्याज तिर्दै जाँदा कम्पनीको कमाई आकर्षक हुने नै छ । त्यसमाथि बिदेशमा बस्ने नेपालीललार्य समेटेर रेमिट हाईड्रो नामक आफ्नो सहायक कम्पनी माार्फत ताप्लेजुड.मा १२५ मेगावाटको आयोजना आफैले बनाउन लागेकोले कम्पनीको भबिष्यप्रति आशाबादी हुनुपर्ने यो अर्को कारण पनि छ ।
...................................................................................................................................................................
डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।
....................................................................................................................................................................
मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।