भुकम्प र नाकाबन्दीको असर होटल व्यवसायमा देखियो, ओरेण्टल होटलको कमाइमा आयो गिरावट

Aug 14, 2016 Mero Lagani

ओरण्टल होटल (OHL) को कमाइमा भारी मात्रामा गिरावट आएको छ । अघिल्लो आर्थिक वर्षमा १९ करोड १ लाख रुपैयाँ खुद नाफा गरेको होटलले गत आर्थिक वर्षमा ११ करोड ७५ लाख रुपैयाँ मात्र नाफा गरेको छ । भूकम्प र नाकाबन्दीका कारण होटल व्यशाय प्रभाति बनेका कारण ओरेण्टल होटलको खुद नाफा ७ करोड २६ लाख रुपैयाँले घटेको हो ।

अघिल्लो आर्थिक वर्षमा होटलको चुक्ता पूँजी ५४ करोड ७९ लाख रुपैयाँ रहेको थियो भने गत आर्थिक वर्षमा त्यो बढेर ६५ करोड ९७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा आफ्नो जगेडा कोषमा १९ करोड १० लाख रुपैयाँ जम्मा गरेको होटलले गत आर्थिक वर्षमा २० करोड ११ लाख रुपैयाँ सञ्चित गरेको छ  ।

होटलले गत आर्थिक वर्षमा आफ्नो व्यवशायबाट वर्षमा १ अर्ब ५ करोड ८५ लाख रुपैयाँ मुनाफा कमाएकोमा गत आर्थिक वर्षमा ९० करोड ४८ लाख रुपैंया मात्र मुनाफा गर्न सक्यो । यसरी व्यवशायमा नै गिरावट झेलेको होटलको सञ्चालन मुनाफामा पनि १० करोड ६३ लाख रुपैयाँले घटेका कारण उसको खुद नाफामा गिरावट आएको हो ।

................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।