लगानीकर्तालाई छलेर वित्तीय विबरण निकाल्ने चलाख तीन बीमा कम्पनी कुन् कुन् हुन् ?

Aug 14, 2016 Mero Lagani

- परमेश्वर अधिकारी
गत आर्थिक वर्षको वित्तीय विबरण प्रकाशन गर्ने क्रममा ५ वटा जीवन बीमा कम्पनीहरुले चौथो त्रैमासको वित्तीय विबरण प्रकाशित गरेका छन् । यस क्रममा नेपाल लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेशनले बिमांकीय मुल्यांकन जोडे पछिको अघिल्लो आर्थिक वर्षको तथ्यांक सहित वित्तीय विबरण प्रकाशित गरे पनि अघिल्लो आर्थिक वर्षको तुलानामा राम्रो प्रगती गरेको वित्तीय विबरण प्रकाशति गरेका छन् । अरु ३ कम्पनीले भने चलाखीपुर्ण वित्तीय विबरण प्रकाशित गरे&nb

 

बीमा कम्पनीहरुले प्रकाशित गर्ने अपरिस्कृत वित्तीय विबरणमा बिमांकीय मुल्यांकन जोडिएको हुँदैन । गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विबरण प्रकाशित गर्ने क्रममा नेपाल लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको परिष्कत वित्तीय विबरणको तथ्यांक राखेर वित्तीय विबरण प्रकाशित गरेका 

छन् भने अरु ३ कम्पनीले चलाखी गरेर कमाइ घटेको देखिने भए पछि अघिल्लो आर्थिक वर्षको पनि अपरिष्कृत अनि बिमांकीय मुल्यांकन नजोडिएको तथ्यांक राखेको वित्तीय विबरण प्रकाशित गरेका छन् । जसले लगानीकर्तालाई वास्तविक वित्तीय विबरण बाहिर नल्याई लगानीकर्ताको आँखामा छारो हालेको खुलेको छ । अघिल्लो आर्थिक वर्षको परिष्कृत अनि बीमांकीय मुल्यांकन जाडे पछि यी ३ कम्पनीको खुद नाफा कति हो भन्ने अहिलेसम्म लगानीकर्ताले थाहा पाउन सकेका छैनन् ।

सुर्या लाइफ, प्राइम लाइफ र एशियन लाइफले गत आर्थिक वर्षको वित्तीय विबरण प्रकाशित गर्ने क्रममा यस्तो चलाखी गरेका हुन् । बिमांकीय मुल्यांकन थोरै भएर वा कमाई धेरै भएको नदेखिने भएका कारण चलाखी गरेर वास्तविक वित्तीय विबरण प्रकाशित नगरेका यी ३ कम्पनीको पनि प्रगती भएको देखिएको छ । तर लगानीकर्ताको आँखामा छारो हाल्नका लागि आफ्नो परिष्कृत वित्तीय विबरण प्रकाशित नगरेका कम्पनीहरुको अघिल्लो आर्थिक वर्षमा परिष्कृत वित्तीय विबरण कस्तो थियो अनि बीमांकीय मुल्यांकन कस्तो थियो भन्ने आधार लुकाएका कारण लगानीकर्ता अन्यौलमा पर्ने देखिन्छ ।

जीवन बीमा कम्पनीहरुमा अग्रणीस्थानमा रहँदै आएको नेपाल लाईफ इन्स्योरेन्स (NLIC) ले गत आर्थिक वर्षमा अपरिष्कृत वित्तीय विबरणमा १७ करोड ८७ लाख १६ हजार रुपैंया खुद नाफा कमाएको थियो । गत आर्थिक वर्षमा उसले २४ करोड ४ लाख ६१ हजार रुपैंया खुद नाफा कमाएको छ । उल्लेखित विबरण बीमा कम्पनीको बीमाकींय मुल्यांकन समावेश गरिएको छैन । यस आधारमा नेपाल लाइफले अघिल्लो आर्थिक वर्षको तुलनामा खुद नाफा साढे ७ करोड रुपैंयाले बढेको हो ।

आइतबार प्रकाशित वित्तीय विबरणमा अघिल्लो आर्थिक वर्षको खुद नाफा परिष्कृत र बीमाकंीय मुल्यांकन सहितको विबरण राख्दा १७ करोडबाट बढेर ५२ करोड ७५ लाख ५५ हजार रुपैंया पुगेको थियो । यो तथ्यकंलाई हेरेर सोझो भाषमा बुझ्दा कम्पनीको कमाईमा भारी गिरावट आएको जस्तो देखिन्छ, तर गत आर्थिक वर्षको परिष्कृत वित्तीय विबरणमा बीमाकींय मुल्यांकन जोड्न बाँकी रहेको छ । अब अहिले प्रकाशित वित्तीय विबरण परिष्कृत भए पछि कम्पनीको वास्तविक कमाई बाहिर आउनेछ ।

नयाँ शेयर एफपीओ निष्काशनको तयारीमा रहेको कम्पनीको चुक्ता पूँजी समिक्षा अवधिमा १ अर्ब ७३ करोड ८० लाख रुपैंयाबाट बढेर २ अर्ब १६ करोड ७५ लाख रुपैंया पुगेको छ । यस अवधिमा कम्पनीको जगेडा कोष ४९ करोड ७ लाख २४ हजार रुपैंयाबाट घटेर २७ करोड ३६ लाख ३९ हजार रुपैंया भएको छ । उसको जीवन बीमा कोष २३ अर्ब २९ करोड १० लाख रुपैंयाबाट ३२ करोड १३ करोड ३० लाख रुपैंया पुगेको छ । समिक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन ७ अर्ब ९७ करोड ३८ लाख रुपैंयाबाट बढेर १० अर्ब १३ करोड ३९ लाख रुपैंया पुगेको छ । बीमांकीय मुल्यांकन समायोजन नगर्दा कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैंया ९ पैसा कायम भएको छ ।

उता लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (LICN) ले पनि अघिल्लो आर्थिक वर्षको परिष्कृत वित्तीय विबरणको तथ्यांक राखेर गत आर्थिक वर्षको वित्तीय विबरण प्रकाशित गरेको छ । अघिल्लो आर्थिक वर्षको अपरिष्कृत वित्तीय विबरणका आधारमा कम्पनीको खुद नाफा २ करोड ५८ लाख ६० हजार रुपैंया रहेकोमा गत
वर्ष उसले ४ करोड ५५ लाख ३५ हजार रुपैंया खुद नाफा कमाएको छ । अपरिष्कृत वित्तीय विबरणका आधारमा कम्पनीको खुद नाफा २ करोड रुपैंयाले बढेको हो । परिष्कृत आधारमा हेर्दा बिमांकीय मूल्यांकन सहित कम्पनीले अघिल्लो आर्थिक वर्षमा २४ करोड ९० लाख ४२ हजार रुपैंया खुद नाफा कमाएको थियो । गत आर्थिक वर्षको बीकांकीय मुल्यांकन सहितको परिष्कृत वित्तीय विबरण प्रकाशित गर्न भने बाँकी छ ।

लाइफ इन्स्योरेन्स कर्पोरेशनले समिक्षा अवधिमा जीवन बीमा कोषलाई २० अर्ब २४ करोड ८३ लाख रुपैंयाबाट बढाएर २६ अर्ब ७८ करोड ९ लाख रुपैंया पुर्याएको छ । गत आर्थिक वर्षमा ६ अर्ब ९५ करोड ५७ लाख ११ हजार रुपैंया खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले अघिल्लो आर्थिक वर्षमा ५ अर्ब ३२ करोड ८१ लाख ९९ हजार रुपैंया खुद बीमाशुल्क आर्जन गरेको थियो । बीमांकीय मुल्यांकन समायोजन नगर्दा कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैंया ७७ पैसा कायम भएको छ ।

उता ६७ करोड १३ लाख २७ हजार रुपैंया चुक्ता पूँजी रहेको एशियन लाइफ इन्स्योरेन्स (ALICL) ले ३ करोड ६ लाख ९ हजार रुपैंया खुद नाफा कमाएको छ । उसले अघिल्लो आर्थिक वर्षको बीमांकीय मुल्यांकन सहितको परिष्कृत तथ्यांक खुलाएको छैन । अपरिष्कृत विबरणका आधारमा अघिल्लो आर्थिक वर्षमा उसले २ करोड ६ लाख ३१ हजार रुपैंया खुद नाफा कमाएको थियो । कम्पनीको जीवन बीमा कोषमा ७ अर्ब ८७ करोड ६१ लाख रुपैंया सञ्चित छ भने १ अर्ब ९९ करोड १० लाख रुपैंयाको खुद बीमाशुल्क आर्जन गरेको छ । उसको प्रतिशेयर आम्दानी ४ रुपैंया ५६ पैसा छ ।

४८ करोड ८१ लाख ६० हजार रुपैंया चुक्ता पूँजी रहेर विगत ३ वर्षदेखि साधारण सभा गराउन नसकेको प्राइम लाइफ इन्स्योरेन्स (@PLIC) ले गत आर्थिक वर्षमा ११ करोड १० लाख ३५ हजार रुपैंया खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा ७ करोड २० लाख रुपैंया खुद नाफा कमाएको कम्पनीले प्रतिफल नबाँडेका कारण जगेडा कोष निरन्तर बढेर ६८ करोड ५० लाख ६१ ह्जार रुपैंयाको बनेको छ । अघिल्लो आर्थिक वर्षमा मात्र उसको जगेडा कोषमा ४९ करोड ६५ लाख रुपैंया सञ्चित थियो ।

३ अर्ब ६२ करोड ४० लाख रुपैंयाको जीवन बीमा कोष बनाएको कम्पनीले १ अर्ब ६० करोड ६१ लाख ५० हजार रुपैंयाको खुद बीमाशुल्क आर्जन गरेको छ । उसको प्रतिशेयर आम्दानी २२ रुपैंया ७५ पैसा छ । यहाँ प्रतिशेयर आम्दानी कुन आधारमा देखाइएको हो खुलाइएको छैन ।

यता सुर्या लाइफ इन्स्योरेन्स (SLICL) ले पनि परिष्कृत वित्तीय विबरण लुकाएर गत आर्थिक वर्षमा २ करोड ८३ लाख ८६ हजार रुपैंया खुद नाफा कमाएको वित्तीय विबरण प्रकाशित गरेको छ । अघिल्लो आर्थिक वर्षमा १ करोड २३ लाख २५ हजार रुपैंया खुद नाफा कमाएको कम्पनीको चुक्ता पूँजी ५० करोड रुपैंया छ ।

२५ प्रतिशत हकप्रद निष्काशनको अन्तिम तयारीमा रहेको कम्पनीको जगेडा कोषमा १५ करोड ९९ लाख २० हजार रुपैंया सञ्चित छ । कम्पनीले बीमांकींय मुल्यांकन समायोजन भएको वित्तीय तथ्यांक नदेखाएका कारण वास्तविक अवस्था के हो भन्ने खुलेको छैन । १ अर्ब ७३ करोड ४२ लाख रुपैंयाको जीवन कोष रहेको कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब ५८ लाख रुपैंया खुद बीमाशुल्क आर्जन गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैंया ६८ पैसा रहेको छ ।

जीवन बीमा कम्पनीहरुले यसरी बढाए व्यवसाय (आँकडासहित)

...............................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।