लुम्बिनी जनरल इन्स्योरेन्सले कमायो साढे पन्ध्र करोड

Aug 15, 2016 Mero Lagani

लुम्बिनी जनरल इन्स्योरेन्स (LGIL) ले गत आर्थिक वर्षमा १५ करोढ ५९ लाख ५९ हजार रुपैंया खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा ६ करोड ७५ लाख ८२ हजार रुपैंया खुद नाफ कमाएको कम्पनीले व्यवशाय बिस्तारसंगै आफ्नो अवस्था सुधारेको हो ।

९ करोड बढीले कमाई बढाएको इन्स्योरेन्सको चुक्ता पूँजी ३३ करोड रुपैंया तथा जगेडा कोषमा १४ करोड २९ लाख रुपैंया सञ्चित छ ।त्यस्तै महाविपत्ती जगेडाकोषमा एक करोड रुपैयाँ राखेको छ ।

कम्पनीले गतआर्थिक बर्षमा  बीमा शुल्कबाट खुद ४८ करोड २९ लाख आर्जन गरेको छ भने २३ करोड ४९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । १९ करोड रुपैयाँ भुत्तानी हुन बाँकी देखाएको छ । .कम्पनीले यस अबधीमा १ लाख ३१ हजार ४ सय ८६ वटा बीमालेख  जारी गरेको छ भने ३ हजार ६ वटा दाबी भुक्तानी गरेको छ ।

 कम्पनीको प्रतिशेयर आम्दानी ४७ रुपैंया २६ पैसा, मुल्य आम्दानी अनुपात ३० दशमलव ६८ र प्रतिशेयर नेटवर्थ २ सय १९ रुपैंया ५२ पैसा कायम छ ।

...............................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।