चिलिमे हाईड्रोको खुद मुनाफा ९२ करोड ९९ लाख

Aug 15, 2016 merolagani

चिलिमे हाईड्रोपावर कम्पनी लिमिटेड (CHCL)ले गत आर्थिक बर्षमा ९२ करोड ९९ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले ८५ करोड ३५ लाख रुपैयाँ नाफा कमाएकोे कम्पनीको नाफा करिब ९ प्रतिशतले बढेको हो ।

विद्युत बिक्रीबाट १ अर्ब १६ करोड ३१ लाख रुपैयाँ कमाएको कम्पनीले संचालन नाफा समेत बढाएको छ । अन्य आम्दानीबाट समेत ५४ लाख कमाएको छ । ३ अर्ब १३ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले जगेडाकोषमा ४ अर्ब २१ करोड रुपैयाँ पुर्याएको छ । यस अवधिमा कम्पनीको चालु सम्पत्ति भने घटेर १ अर्ब २ करोड ४८ लाख रुपैयाँ झरेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी २९ दशमलव ६७ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ४८ दशमलव ५३ गुणा, प्रतिशेयर नेटवर्थ २ सय ३४ दशमलव ३६ रुपैयाँ र तरलता अनुपात ११ दशमलवल ०७ प्रतिशत रहेको छ ।

..............................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।