२८ करोड खराब कर्जा उठाएर सिभिल बैंकले कमायो ३३ करोड मुनाफा

Aug 16, 2016 merolagani

सिभिल बैंक (CBL) ले गत आर्थिक वर्षमा ३३ करोड १४ लाख रुपैयाँ खुद नाफा गरेको छ ।अघिल्लो बर्षको तुलनामा बैंकको मुनाफा ४४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले २३ करोड रुपैयाँ मुनाफा कमाएको थियो । गतआर्थिक बर्षमा बैंकले २८ करोड रुपैयाँ खराब कर्जा उठाएपछि अघिल्लो बर्षको तुलनामा नाफा दश करोडले बढेको हो ।



खुद व्याज आम्दानी,सञ्चालन मुनाफा बढाउनुका साथै २८ करोड रुपैयाँ खराब कर्जा उठाएपछि बैंकको नाफा बढेको हो । २ दशमलव ७० प्रतिशत खराब कर्जा रहेको बैैंकले प्रोभिजन ४७ करोड रुपैयाँ राखेको छ ।

३ अर्ब ८ करोड चुक्तापूँजी रहेको बैंकले असार मसान्तसम्ममा संचित कोषमा ५३ करोड ३६ लाख रुपैयाँ राखेको छ । बैंकले यसअवधिसम्ममा निक्षेप ३१ अर्ब ५६ करोड रुपैयाँ संकलन गरेको छ भने २५ अर्ब ७० करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैकको प्रति शेयर आम्दानी १० रुपैयाँ, मूल्य आम्दानी अनुपात २३ गुणा, प्रतिशेयर नेटवर्थ ११७ रुपैयाँ, प्रतिशेयर कुल सम्पत्तिको मूल्य ११४९ रुपैयाँ रहेको बैंकले जनाएको छ ।

यो बैंकमा इन्टरनेशनल लिजिङ एण्ड फाइनान्स मर्ज हुँदैछ भने युनिक फाइनान्सलाई खरिद गर्ने सम्झौता गरेको छ ।

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।