अघिल्लो आर्थिक वर्षमा ५ करोड ७२ लाख ७२ हजार रुपैंया खुद नाफा कमाएको कम्पनीले गत असार मसान्तसम्ममा ५ करोड ६२ लाख ९९ हजार रुपैंया खुद नोक्सान व्यहोरेको हो । समिक्षा अवधिमा कम्पनीको प्रगती १० करोड रुपैंया भन्दा बढीले खस्किएको हो ।
१ अर्ब ५ करोड ५० लाख रुपैंया चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोष पनि अघिल्लो आर्थिक वर्षमा ३ करोड ८६ लाख २४ हजार रुपैंयाको भएकोमा गत आर्थिक वर्षमा १ करोड ७६ लाख ७४ हजार रुपैंयाले ऋणात्मक बनेको छ ।
एउटा आयोजनाको विद्युत बिक्रि बाट अघिल्लो आर्थिक वर्षमा ८ करोड १३ लाख रुपैंया आम्दानी गरेको कम्पनीले गत आर्थिक वर्षमा २ आयोजनाको विद्युत बिक्रिबाट ४१ करोड ८८ लाख ७५ हजार रुपैंया आम्दानी गरेको छ । तर भूकम्पका कारण क्षती पुगेको आयोजनाहरुको मर्मतका क्रममा खर्च धेरै भए पछि कम्पनीको कमाई नकरात्मक बन्न पुगेको हो । त्यसै गरी २ आयोजनाले ऋणको व्याज अधिक मात्रामा तिर्नु परेको वित्तीय विबरणमा उल्लेख छ । कम्पनीको प्रतिशेयर नेटवर्थ ९८ रुपैंया ३२ पैसा रहेको छ ।
...................................................................................................................................................................
डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।
....................................................................................................................................................................
मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।