यस्तो छ प्रभु र प्रिमियर इन्स्योरेन्सको गत आर्थिक बर्षको प्रगति

Aug 16, 2016 merolagani

गत आर्थिक बर्षमा प्रभु इन्स्योरेन्स (PRIN)  र प्रिमियर इन्स्योरेन्स (PIC)  दुवैको नाफामा उल्लेखीय बढोत्तरी आएको छ । गतबर्ष प्रभुले १४ करोड ८६ लाख रुपैयाँ तथा प्रिमियरले १८ करोड ५७ लाख नाफा कमाएका छन् । प्रभुको नाफा करिब ५५ प्रतिशत र प्रिमियरको नाफा झण्डै ३० प्रतिशतले बढेको हो ।

प्रभु इन्स्योरेन्सको नाफा ५५ प्रतिशतले बढ्यो 

प्रभु इन्स्योरेन्स लिमिटेडले गत आर्थिकबर्षमा १४ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अधिल्लो बर्षको तुलनामा करिब ५५ प्रतिशतले बढी हो । अघिल्लो बर्ष इन्स्योरेन्सले ९ करोड ५९ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।

३२ करोड ९० लाख रुपैया चुक्ता पूँजी रहेको प्रभुको जगेडा कोषमा १० करोड ३१ लाख रुपैयाँ र बीमा कोषमा २४ करोड ७७ लाख रुपैयाँ राखेको छ । इन्स्योरेन्सले २१ करोड ११ लाख रुपैयाँ आम्दानी गरेर ८ करोड ९१ लाख रुपैयाँ खर्च गरेको छ । 

गत असार मसान्त सम्ममा ७६ करोड १७ लाख रुपैयाँ बराबरको कूल बीमा शुल्क आर्जन गरेको कम्पनीले ६९ करोड ९६ लाख रुपैयाँ बराबरको बीमा दावी भुक्तानी गरेको छ । कम्पनीबाट अझै १३ करोड ७८ लाख रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गनुृपर्ने देखिएको छ ।

कम्पनीको प्रति शेयर आम्दानी ४५ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३३ गुणा, प्रति शेयर नेटवर्थ २ सय ७ रुपैयाँ र तरलता अनुपात १ दशमलव ८५ प्रतिशत रहेको छ ।

 

प्रिमियर इन्स्योरेन्सको मुनाफा ३० प्रतिशतले वृद्धि

प्रिमियर इन्स्योरेन्स कम्पनीको मुनाफा अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्ष करिब ३० प्रतिशतले बढेको छ । कम्पनीले गत आर्थिक बर्षमा १८ करोड ५७ लाख रुपैया खुद नाफा कमाएको छ.। अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा १४ करोड ३१ लाख रुपैयाँ रहेको थियो ।

३७ करोड ३७ लाख रुपैयाँ चुक्ता पुजी भएको कम्पनीले जगेडा कोषमा ११ करोड ४६ लाख र बीमा कोषमा २६ करोड ३ लाख रुपैयाँ राखेको छ । कम्पनीले यसअवधिमा ३० करोड ४२ लाख रुपैयाँ आम्दानी गरेर ११ करोड ८४ लाख रुपैयाँ खर्च गरेको छ ।

१ अर्ब ८३ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको कम्पनील १ अर्ब ३२ करोड ८९ लाख रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेको छ । इन्स्योरेन्सको प्रति शेयर आम्दानी ४९ दशमलव ६९ रुपैयाँ, मुल्य आम्दानी अनुपात ४४ दशमलव ३७ गुणा, प्रति शेयर नेटवोर्थ २ सय दशमलव ३४ रुपैयाँ रहेको छ ।

................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।