गोर्खाज फाइनान्सको खराब कर्जा करिब १३ प्रतिशत,जेबिल्सको नाफा करिब १३ प्रतिशतले घट्यो

Aug 19, 2016 merolagani

समस्याग्रस्त गोखा विकास बैंक र काठमाडौं फाइनान्सबीच मर्ज भई बनेको गोर्खाज फानान्स (GRFL)ले गत आर्थिक बर्षमा २० करोड भन्दा बढी रकम खराब कर्जा उठाएको छ । ठुलो मात्रामा खराब कर्जा उठाएनि कम्पनीको खराबकर्जा १३ प्रतिशतको हाराहारीमा रहेको छ । यता गत आर्थिक बर्षमा जेबिल्स फाइनान्स (JEFL) को मुनाफा भने १२ प्रतिभन्दा बढीले घटेको छ ।

गोर्खाज फाइनान्सले गत आर्थिक वर्षमा २७ करोड ५० लाख रुपैयाँ खुद नाफा गरेको छ । समस्याग्रस्त गोखा विकास बैंक र काठमाडौं फाइनान्सबीच मर्ज भई बनेको यस फाइनान्सले कर्जा असुली तथा सम्पत्ति बिक्रीबाट २७ करोड ५० लाख रुपैयाँ खुद नाफा गरेको हो ।

कम्पनीले २० करोड भन्दा बढी रकम खराबकर्जा उठाएको छ । फाइनान्सले करिब ६ करोड रुपैयाँ सम्भावित जोखिममा राखेको छ ।

चुक्ता पूँजी ५७ करोड ८६ लाख रुपैयाँ रहेको कम्पनीको जगेडाकोषमा २१ करोड ३२ लाख रुपैयाँ छ । फाइनान्समा सर्वसाधारणको निक्षेप ३ अर्ब २ करोड रुपैयाँ छ भने फाइनान्सले २ अर्ब ४७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी ४७ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ रहेको छ । कम्पनीको खराब कर्जा १२.९६ प्रतिशत रहेको छ ।

गत आर्थिक बर्षमा जेबिल्स फाईनान्स (JEFL)को मुनाफा १२ दशमलव ८१ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक बषृमा ४ करोड ७३ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले गत आर्थिकबर्षमा ४ करोड १२ लाख रुपैयाँ नाफा कमाएको छ ।

फाइनान्सले यसअवधिमा ९७ करोड २० लाख रुपैयाँ निक्षेप संकलन गरेर ९० करोड ३९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ

प्रोभिजनमा ३१ लाख रुपैयाँ राखेको कम्पनीको खराब कर्जा ४ दशमलव ९१ प्रतिशत रहेको छ भने जोखिम युत्त सम्पत्ति २९ दशमलव ०७ प्रतिशत रहेको छ । जसको प्रतिशेयर आम्दानी १६ दशमलव ०५रुपैयाँ रहेको छ ।

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।