बुटवल पावरको लिलामको शेयर बाँडफाँड,शेयर नपरेको रकम सोमबारबाट फिर्ता

Aug 19, 2016 merolagani

बुटवल पावर कम्पनी लिमटेड (BPCL) ले लिलाममा राखेको १ लाख ८८ हजार ९ सय ३० कित्ता शेयर बाँडफाँड गरेको छ । साथै कम्पनीले कम्पनीको लिलामीको शेयरका आवेदकहरुलाई बाँडफाँडमा नपरेको शेयर बापतको रकम आगामी सोमबारबाट फिर्ता गर्ने भएको छ ।



कम्पनीको १७ औं वार्षिक साधारण सभाले पारित गरि २०७० सालमा ३ बराबर २ कित्ता अर्थात ६६ दशमलव ६६ प्रतिशत हकप्रद शेयर जारी गरेको थियो । कम्पनीले उक्त शेयरमा आवेदन नपरेको १ लाख ८८ हजार ९ सय ३० कित्ता शेयर साउन २१ गतेदेखी २६ गतेसम्म लिलाममा राखेको थियो ।

 

कम्पनीको बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमटेड रहेको छ । लिलामको शेयर बाँडफाँडमा नपरेको रकम एनएमबी क्यापिटलबाट संकलन गर्न सकिने कम्पनीले जनाएको छ ।

..................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।