नेपाल बैंकले लिलामीमा राखेको नागरिक लगानी कोषको शेयर खरिद गर्ने आज अन्तिम दिन

Aug 21, 2016 merolagani

नेपाल बैंक (NBL) ले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोष (CIT) को झण्डै चार लाख कित्ता संस्थापक शेयर लिलाममा राखेको छ । लिलाममा राखेको शेयरका लागि बोलपत्र पेश गर्ने आज अन्तिम दिन हो । लिलाममा राखीएको कोषको शेयरको न्यूनत्म मूल्य प्रतिकित्ता ३ हजार पाँच सय रुपैयाँ तोकिएको छ ।



बैंकले सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरी नागरिक लगानी कोषको ३ लाख ९९ हजार ९४० कित्ता संस्थापक शेयर लिलाममा राखेको थियो । यस शेयर बैंक तथा बित्तीय संस्था र बिमा कम्पनीले मात्र किन्न सक्ने गरी प्रति कित्ता तीन हजार पाँच सय रुपैयाँ न्युनतम मूल्य तोकिएको छ ।

गोप्य सिलबन्दी पत्र मार्फत शेयर किन्न चाहनेले कम्तिमा २५ हजार कित्ता वा त्यसको १० ले भाग जाने संख्यामा वा सबै शेयरका लागि आबेदन गर्नसक्ने जनाईएको छ । खरिदकर्ताले आफुले माग गरेको सम्पूर्ण शेयर बराबरको रकम बुझाएको भौचर बोलपत्रसाथ पेश गर्नुपर्नेछ ।

 

नेपाल बैंकले नागरिक लगानी कोषको यो शेयर बिक्रीबाट कम्तिमा एक अर्ब ४० करोड प्राप्त गर्ने छ । बैंकले अघिल्लै बर्ष यो शेयर बेच्ने प्रयास गरेको भए पनि अर्थ मन्त्रालय र नागरिक लगानी कोषबाट स्वीकृति आउन ढिलाई भएकाले यस आर्थिक बर्षमा मात्र बिक्रीको सूचना बाहिर आएको हो ।

..................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।