तर नेपाल विद्युत् प्राधिकरण र चिनियाँ ठेकेदार सिपिजिसिबीच आवश्यक समन्वय हुन नसक्दा सवस्टेशन निर्माण प्रक्रियाले गति लिन नसकेको अवस्थामा ऊर्जा मन्त्रालयले तत्काल सो परियोजना निर्माण सम्पन्न गर्न निर्देशन दिएको हो ।
ऊर्जा मन्त्री जनार्दन शर्मा नेतृत्वको उच्चस्तरीय सरकारी प्रतिनिधि मण्डलले ढल्केबर सव स्टेशनको निर्माण प्रक्रियाका बारेमा चासो व्यक्तगर्दै आयोजना प्रमुख र सम्बन्धित ठेकेदारलाई आगामी चार महिनाभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिएको हो ।
नेपाल र भारतबीच केही समयअघि सम्पन्न ऊर्जा सचिवस्तरीय बैठकले नेपालले माग गरे बमोजिमको विद्युत् भारतले उपलब्ध गराउन सहमति जनाएको थियो । भारतले उपलब्ध गराउने विद्युत् ल्याउन ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन मार्फत विद्युत् उपलब्ध गराउन सहमति भए पनि नेपालतर्फ सवस्टेसन निर्माण प्रक्रियाले गति नलिँदा समस्या उत्पन्न हुँदै आएको छ ।
चिनियाँ ठेकेदारले केही सामान्य समस्या देखाएको छ । नालाबाट पानी व्यवस्थापन, विद्यमान सवस्टेशन नजिक रहेको प्राधिकरणको टावरको स्थानान्तरण र कोलकात्ता बन्दरगाहामा रोकिएको सामान तत्काल छुटाइदिन सरकारसँग माग गरेको छ । ठेकेदारले उठाएको सो विषय जटिल नभएको र सव स्टेशन निर्माण हुने स्थानमा जग्गा सम्याउने र माटो परीक्षणलगायतका काम सकिएकाले आगामी मङ्सिरभित्र आयोजना सम्पन्न गर्न कुनै गाह्रो नहुने सम्बन्धित आयोजनाको दाबी छ ।
ऊर्जामन्त्री शर्माले जुनसुकै विधि र उपाय अपनाएर भए पनि सव स्टेशनको काम सम्पन्न गर्न प्राधिकरणका प्रसारण निर्देशनालय प्रमुख कन्हैया मानन्धर, आयोजना प्रमुख राधेशशरण महतो र चिनियाँ ठेकेदार सिपिजिसिलाई निर्देशन दिए ।
मन्त्री शर्माले भने, “हामीसँग समय छैन, आगामी हिउँद लाग्नु भन्दा पहिल्यै सव स्टेशनको काम सम्पन्न हुनुपर्छ । भारतबाट तत्काल ल्याउने भनिएको १५० मेगावाट विद्युत् आउनुपर्छ ।”
नेपालतर्फ सव स्टेशनको काम अगाडि नबढेपछि भारतीय पक्षले मोबाइल सव स्टेशन राखेर भए पनि नेपाललाई आवश्यक पर्ने विद्युत् उपलब्ध गराउन तयार देखिएको छ । तर सो प्रक्रिया पनि अगाडि बढ्न सकेको छैन ।
सवस्टेशन निर्माण प्रक्रियाले गतिलिन नसक्नुको पछाडि माटो परीक्षणमा नै १० महिनाभन्दा बढी समय लागेको र परामर्शदाताले अन्य प्राविधिक काममा समय लगाएका कारण पर धकेलिएको गुनासो पनि ठेकेदारले गरेको छ ।
विद्यमान सवस्टेशनमा भारतबाट आयात गरिएको ८० मेगावाट बाहेक अरु विद्युत् थप गर्न सम्भव छैन । कुल ४०० केभी क्षमताको प्रसारण लाइनलाई १३२ केभीमा रुपान्तरण गरेर भारतबाट विद्युत् आयात गरिएको छ । नयाँ सव स्टेशन निर्माण हुनसकेको खण्डमा भारतबाट थप ३०० मेगावाट विद्युत् आयात गर्न सकिने प्राधिकरणका अर्का निर्देशक कुलमान घिसिङ बताउनुहुन्छ । रासस
..................................................................................................................................................................
डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।
....................................................................................................................................................................
मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।