सार्क अर्थमन्त्रीस्तरिय बैठक लगानी प्रवद्र्धनमा केन्द्रित हुने

Aug 22, 2016 RSS

अगष्ट २५ र २६ मा  स्लामावादमा हुने

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को आठौँ अर्थमन्त्रीस्तरीय बैठक यस क्षेत्रको व्यापार सहजीकरण तथा लगानी प्रवद्र्धनका मुद्दामा केन्द्रित हुने भएको छ । यही अगष्ट २५ र २६ तारिखमा पाकिस्तानको राजधानी स्लामावादमा हुने बैठकमा क्षेत्रीय व्यापार तथा लगानीका विषयले प्राथमिकता पाउने भएको हो ।

सार्क मुलुकले अर्थमन्त्रीस्तरीय बैठकमा व्यापार सहजीकरणदेखि ‘साउथ एसियन इकोनोमिक युनियन’ बनाउनेसम्मका विषयमा छलफल हुँदै आएको छ । पछिल्लो बैठकमा व्यापार सहजीकरण तथा ‘कनेक्टिभिटी’का विषयले प्राथमिकता पाउने अर्थमन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका उपसचिव सूर्य पोखरेलले जानकारी दिए ।

उनका अनुसार मन्त्रीस्तरीय बैठकपछि दक्षिण एसियाली मुलुकको पूर्वाधार विकासका लागि सार्क विकास कोषको सञ्चालनका सम्बन्धमा सहभागी मन्त्रीबीच छलफल हुनेछ । गतवर्ष नेपालमा भएको साताँैं सार्क अर्थमन्त्रीस्तरीय बैठकका निर्णयको कार्यान्वयनको समीक्षा हुनेछ ।

बैठकमा भाग लिन उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले पाकिस्तान जाने कार्यक्रम तय भएको उनका प्रेस सल्लाहकार त्रिभुवन पौडेलले जानकारी दिए । रासस

 

[अरुण भ्यालीको जलबिद्युत कम्पनीमा पारिवारिक ठेक्का, दुई अर्ब बढीको भ्रष्टाचार]

..................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।