नेपाल बैंकले लिलामीमा राखेको नागरिक लगानी कोषको शेयर कसले सकार्यो ?

Aug 22, 2016 merolagani

नेपाल बैंक (NBL) ले लिलाममा राखेको नागरिक लगानी कोष (CIT) को झण्डै चार लाख कित्ता संस्थापक शेयर बाँडफाँड भएको छ । बैंकले ३ लाख ९९ हजार ९४० कित्ता संस्थापक शेयर लिलाममा राखेकोमा ३ लाख ३९ हजार कित्ता शेयर मात्र बिक्री भएको छ । शेयर बिक्रीबाट नेपाल बैंकले एक अर्ब १९ करोड रुपैयाँ थप आम्दानी गरेको छ ।

लिलामको शेयर सकार्न एक वाणिज्य बैंक र तीन बीमा कम्पनीले ६ आवेदन मार्फत बोलपत्र पेश गरेका थिए । तीन वटा आवेदन हालेको एक वाणिज्य बैंक र तीन बीमा कम्पनीले लिलामको शेयर सकारेको सिद्धार्थ क्यापिटलले जनाएको छ ।

बैंक तथा बित्तीय संस्था र बीमा कम्पनीले मात्र किन्न सक्ने गरी लिलामको शेयरको प्रति कित्ता तीन हजार पाँच सय रुपैयाँ न्युनतम मूल्य तोकिएको थियो । आवेदकले न्यूनतम ३ हजार पाँच सय तीन रुपैयाँदेखि ३ हजार पाँच सय २३ रुपैयाँसम्ममा सकारेका छन् । लिलामको शेयर बिक्रीबाट नेपाल बैंकले एक अर्ब १९ करोड ७ लाख ५० हजार ३९० रुपैयाँ आम्दानी गरेको छ । हाल नागरिक लगानीकोषको साधारण शेयरको मूल्य ४५ सय रुपैयाँ भन्दा माथि रहेको छ ।

बैंकले नागरिक लगानी कोषको ३ लाख ९९ हजार ९४० कित्ता संस्थापक शेयर लिलाममा राखेकोमा ६० हजार ९४० कित्ता बिक्री हुन बाँकी रहेको छ । यो शेयरको बारेमा भने कुनै निर्णय भएको छैन् ।

 

[अरुण भ्यालीको जलबिद्युत कम्पनीमा पारिवारिक ठेक्का, दुई अर्ब बढीको भ्रष्टाचार]

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।