नेपाल ग्रामीण विकास बैंकको जगेडाकोष बल्ल भयो धनात्मक, अब प्रगति गर्ला त ?

Aug 23, 2016 merolagani

संकटग्रस्त क्षेत्रीयस्तरका पाँच ग्रामीण विकास बैंकहरू मर्ज भएर बनेको नेपाल ग्रामीण विकास बैंक (NGBBL) को जगेडाकोष बल्ल धनात्मक भएको छ । गत आर्थिक बर्षको वित्तीय विवरण अनुसार बैंकको जगेडाकोष एक करोड ५१ लाख ९९ हजार रुपैयाँले धनात्मक भएको हो । अघिल्लो आर्थिक बर्षको यसै अवधिमा बैंकको जगेडाकोष २३ करोड ९६ लाख रुपैयाँले ऋणात्मक रहेको थियो ।



बैंकले गतआर्थिक बर्षमा २६ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक बर्षमा बैंकले १८ करोड १५ लाख रुपैयाँ नाफा कमाएको बैकको मुनाफा ४४ दशमलव ६० प्रतिशतले बढेको हो । बैंकले नियमित कारोबार बाटै आम्दानी बढाएको हो ।

अघिल्लो बर्ष ५.७० प्रतिशतमा रहेको खराबकर्जा ४.३१ प्रतिशतमा झारेको बैंकले ७ करोड ३८ लाख रुपैयाँ डुबेको कर्जा उठाएको छ भने ६ करोड ९३ लाख रुपैयाँ सम्भावित नोक्सानी कोषमा राखेको छ ।

यसअवधिमा बैंकले एक अर्ब ८१ करोड निक्षेप संकलन गरेर ६ अर्ब ४१ करोड कर्जा तथा सापट परिचालन गरेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी ४७ रुपैयाँ, मूल्य आम्दानी अनुपात झण्डै २३ गुणा,प्रतिशेयर नेटवर्थ १०२ रुपैयाँ ७३ पैसा रहेको छ ।

बैंकमा नेपाल सरकारको ३० प्रतिशत, सर्वसाधारण (पब्लिक) को १५ प्रतिशत, विभिन्न वाणिज्य बैंकहरूको १२ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट कम्पनीको १२ प्रतिशत र नेपाल राष्ट्र बैंकको ३.५ प्रतिशत शेयर स्वामित्व छ ।
बैंकले ५३ जिल्लामा १९२ वटा शाखा कार्यालयमार्फत १ लाख ९६ हजार सदस्यलाई लघुवित्त बैंकिङ सेवा प्रवाह गरेको जनाएको छ ।

...............................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।