इन्जिनियरिङ्गका विद्यार्थीलाई प्रमाणपत्रको धितोमा प्रभु बैंकले शैक्षिक कर्जा दिने

Aug 23, 2016 merolagani

काठमाण्डौ इञ्जिनियरिङ्ग कलेजमा स्नातक अध्ययन गर्ने विद्यार्थीलाई प्रभु बैंक (PRVU) ले शैक्षिक कर्जा उपलब्ध गराउने भएको छ । बैंक र कलेजवीच सम्पन्न द्धिपक्षीय सम्झौता बमोजिम स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीले बैंकबाट अधिकतम् तीन लाख रुपैयाँसम्मको शैक्षिक कर्जा उपयोग गर्न पाउनेछन्।



कर्जा दिने सम्बन्धी सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र काठमाण्डौ ईञ्जिनियरिङ्ग कलेजका प्रबन्ध निर्देशक राजेन्द्र शाक्यले हस्ताक्षर गरे।

यो योजना अन्तर्गत कर्जा लिन विद्यार्थीले आफ्ना एसएलसी देखिका सबै सक्कल शैक्षिक प्रमाण पत्र बैंकमा बुझाउनु पर्नेछ। शैक्षिक प्रमाण पत्रको आधारमा उपलब्ध गराईने शैक्षिक कर्जा बैंकले उपलब्ध गराएको भुक्तानी तालिका अनुसार चार वर्ष भित्र भुक्तान गर्न सक्नेछन्।

उच्च शिक्षा हासिल गर्नको लागि विदेश जान चाहने नेपाली विद्यार्थीहरुलाई आवश्यक पर्ने सम्पूर्ण बैंकिङ्ग सेवा आफ्ना सबै शाखा कार्यालयहरुबाट प्राथमिकताका साथ उपलब्ध गराउँदै आएको प्रभु बैंकले स्वदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीलाई पनि शैक्षिक कर्जा स्किम सञ्चालनमा ल्याएको हो।

बैंकले शुरुआत गरेको शैक्षिककर्जा स्कीमबाट आर्थिक अभावका कारण उच्च शिक्षा हासिल गर्न कठिनाई महशुस गरेका विद्यार्थीहरुलाई अधिकतम् लाभ पुग्ने बैंकले विश्वास लिएको छ ।

 

...............................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।