नगद लाभांस र शेयर नपरेको पैसा पाउन अब एउटै बैंक खाता भए पुग्छ, यस्तो छ धितोपत्र बोर्डको निर्देशन

Aug 23, 2016 Mero Lagani

-लाइन बस्ने दिन सकिए,लगानीकर्तालाई नयाँ खाता खोल्न बाध्य बनाउन नपाइने
नेपाल धितोपत्र बोर्डले नगद लाभांस तथा शेयर नपरेको रकम फिर्ता भुक्तानी बैंक खाता मार्फत गर्ने सम्बन्धमा सम्पूर्ण शेयर रजिष्ट्रार, निष्काशन तथा विक्री प्रबन्धक तथा सुचिकृत कम्पनीहरुलाई कडा निर्देशन जारी गरेको छ । लगानीकर्ताको हीतलाई मध्यनजर गर्दै सम्वद्ध सबै पक्षलाई नगद लाभांस लगानीकर्ताले उपलब्ध गराएको बैंक खातामा अनिवार्य रुपमा जम्मा गराउन बोर्डले निर्देशन दिएको छ ।

गत आर्थिक वर्षको लाभांस घोषणा गर्ने क्रम सुरु भएसंगै बोर्डले सबै सुचिकृत कम्पनीहरुलाई नगद लाभांस अनिवार्य रुपमा लगानीकर्ताले उपलब्ध गराएको बैंक खातामा जम्मा गराउन निर्देशन दिएको हो । यस अघि बोर्डले नेपाल राष्ट्र बैंकलाई सो व्यवस्था अनिवार्य गराउनका लागि सकुर्लर जारी गर्न समन्वय गरेको थियो ।

बोर्डसंगको समन्वयमा राष्ट्र बैंकले 'क' 'ख' र 'ग' वर्गका वित्तीय संस्थाका नाममा अनिवार्य रुपमा नगद लाभांस र शेयर नपरेको पैसा बैंक खातामा जम्मा गराउन निर्देशन दिइएको थियो । धितोपत्र बोर्डले राष्ट्र बैंकले आफु मातहतका वित्तीय कारोबार गर्ने कम्पनीहरुलाई नगद लाभांस वितरणका सम्बन्धमा आएका काम अनिवार्य रुपमा गर्न निर्देशन जारी भएको भन्दै सबै सुचिकृत कम्पनीले अनिवार्य रुपमा लाभांस बैंक खातामा जम्मा गराउनु पर्ने व्यवस्थालाई अनिवार्य गरिएको जनाएको छ ।

यस सम्बन्धमा बोर्ड अध्यक्ष डा. रेवत बहादुर कार्कीले भने ‘सुचिकृत कम्पनीहरुले बितरण गर्ने लाभांस तथा शेयर नपरेको पैसा बैंक खातामा पठाउन कुनै पनि बहानामा नरोक्नु भनेर राष्ट्र बैंकले आफु मातहतका बैंक तथा वित्तीय संस्थालाई भनेको हो । यसका लागि हामीले नै समन्वय गरेका हौं । अब उप्रान्त कुनै पनि सुचिकृत कम्पनीले नगद लाभांस शेयरधनीले उपलब्ध गराएको बैंक खातामा जम्मा गरिदिनु पर्छ, बोर्डले यो व्यवस्थालाई अनिवार्य गरेको छ ।’

नेपाल स्टक एक्स्चेञ्जमा सुचिकृत कम्पनीहरुले अहिले नगद लाभांसका लागि लगानीकर्ताको अनुकुलता नभई आफ्नो अनुकुलतामा बैंक खाता खोल्न लगाएर नगद लाभांस जम्मा गर्दै आएका छन् । जसका कारण एक सय रुपैंया लाभांस लिनका लागि लगानीकर्ता हजार रुपैंया लगानी गरी सुचिकृत कम्पनी तथा शेयर बिक्रि तथा प्रबन्धकको इच्छा अनुसारको संस्थामा खाता खोल्न बाध्य पारिँदै आएका छन् ।

 

[शेयर कारोबारका दौरान समस्या भोग्नु भएको छ ? धितोपत्र बोर्डको हटलाइन १६६००१४४४३३ मा सिधै फोन गर्नुस्]

 

यसरी लगानीकर्तालाई सास्ती दिंदै आएको अवस्थालाई हेरेर बोर्डले लगानीकर्ताले उपलब्ध गराएको बैंक खातामा नै नगद लाभांस पठाउन पनि निर्देशन दिएको छ । यस्तो नभएको खण्डमा लगानीकर्ताले सिधै धितोपत्र बोर्डको हटलाईन मार्फत समस्या जाहेर गराउन सक्ने छन् । यसका लागि बोर्डले गत आइतबार देखि मात्र बजारका समस्याहरुको सुनुवाई गर्न सम्यन्त्र खडा गरिसकेको छ ।

नगद लाभांस अनिवार्य रुपमा लगानीकर्ताले दिएको बैंक खातामा पठाउने सम्क्बन्धमा धितोपत्र बोर्ड भन्छ, ‘सम्पूर्ण सूचिकृत कम्पनीहरुले आफ्ना सेयरधनीहरुलाई प्रदान गर्ने नगद लाभांश तथा सार्वजनिक निष्काशनको क्रममा धितोपत्र बाँडफाट पश्चात लगानीकर्ताले माग गरे बमोजिम शेयर प्राप्त गर्न नसकेको खण्डमा त्यस्तो रकम फिर्ता गर्दा समेत लगानीकर्ताले दरखास्त फाराममा उल्लेख गरेको नेपाल क्लियरिङ्ग हाउसको सदस्य भएको बैंक तथा वित्तीय संस्थामा रहेको लगानीकर्ताको आफ्नो खातामा नै जम्मा हुने व्यवस्था गर्न/गराउनका लागि सम्पूर्ण अनुमति पत्र प्राप्त सेयर रजिष्ट्रार, निष्काशन तथा विक्री प्रबन्धकहरु र सम्पूर्ण सूचिकृत कम्पनीहरुलाई निर्देशन दिइएको छ ।’

बजार सुधारमा बोर्ड अग्रसर रहेको भन्दै लगानीकर्ताको हीतमा राखेर गरिएको पछिल्लो व्यवस्थाले लगानीकर्ताले सहज रुपमा बजारबाट लाभ लिन सक्ने बोर्डले अपेक्षा लिएको छ । उसले समयको बचत गराउँदै लगानीकर्तालाई सहज रुपमा शेयर कारोबार, बोनस तथा नगद लाभांस संकलन, शेयर नपरेको पैसा फिर्ता गराउन गरिएको पहललाई सम्बद्ध कुनै पनि निकायलाई अटेर नगर्न पनि निर्देशन दिएको छ । गत आर्थिक वर्षको लाभांस घोषणा सुरु हुँदै गर्दा अघिल्लो आर्थिक वर्षको लाभांस बितरण गर्न बाँकी कम्पनीहरुले लाभांसको पूर्जा संकलन गर्न लगानीकर्ताहरुलाई सुचना प्रकाशित गरिरहेका छन् ।

 

[नगद लाभांस बितरण सम्बन्धमा राष्ट्र बैंकले दियो यस्तो निर्देशन]

 

आगामी वर्षदेखि यस्ता सुचना नआउन अनि लगानीकर्ता घण्टौं लाइन लागेर आफ्नो प्रतिफल लिन नपरोस भन्नका लागि लगानीकर्ताले बैंक खाता खोलेर आफुसंग भएको शेयरको बिक्रि प्रबन्धक तथा कम्पनीहरुमा गई बैंक खाताको विबरण अद्यावधिक गराउनु पर्ने हुन्छ । याद राख्नुहोस्, कुनै वित्तीय संस्थाले तपाईलाई नगद लाभांस संकलनका लागि आफ्नो संस्थामा बैंक खाता खोल्न बाध्य बनाउन सक्छन्, त्यस्तो भएको खण्डमा नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड लगायतका निकायमा तत्काल समस्याका बारेमा जानकारी गराउनु होस् । किनकी तपाईको लगानीको प्रतिफल तपाईको इच्छा अनुसार संकलन गर्ने अधिकार पनि तपाईको हो, न कि सुचिकृत कम्पनीहरुको ।

..................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।