आरएसडिसी लघुवित्तको साधारणर शेयर भर्ने आज अन्तिम दिन, तीन दिनमा कति पर्यो आवेदन ?

Aug 24, 2016 Mero Lagani

राष्ट्रियस्तरको थोक लघुवित्त कम्पनी आरएसडिसी वित्तीय संस्था लिमिटेडले निष्काशन गरेको साधारण शेयरमा आवेदन दिने आज अन्तिम दिन हो । लघुवित्तले माग गरेको भन्दा अधिक शेयर परेका कारण बुधबार शेयर निष्काशन बन्द हुन लागेको हो । दोस्रो दिनसम्ममा २ अर्ब रुपैंयाको आवेदन परेको शेयरमा तेस्रो दिन सम्ममा ३ अर्ब ८० करोडको आवेदन परेको छ ।

आइतबार निष्काशन भएको शेयरमा मंगलबार बेलुकासम्ममा ८३ हजार वटा आवेदनबाट ३ अर्ब ८० करोड रुपैंयाको आवेदन परेको हो । लघुवित्तको शेयर निष्काशन तथा बिmक्री प्रबन्धक एनआइबिएल क्यापिटलका अनुसार ३ दिनमा ९५ गुणा बढी आवेदन परेको हो । यस अघि २ दिनमा कुल ४३ हजार आवेदनबाट २ अर्ब रुपैंयाको आवेदन परेको थियो ।

क्यापिटलका अनुसार माग गरिएको भन्दा धेरै शेयर आवेदन परेका कारण बुधबार बैंकिंग समय पश्चात लघुवित्तको शेयर निष्काशन बन्द हुनेछ । तोकिएको अधिकतम रकमका आवेदकहरुले बुधबार धेरै आवेदन दिने भएका कारण कम्पनीको शेयरमा अझै अधिक मात्रामा आवेदन पर्ने आंकलन गरिएको छ । शेयर निष्काशन भएको पहिलो दिन आइतबार मात्र लघुवित्तको साधारण शेयरमा २० गुणाभन्दा बढीको आवेदन परेको थियो ।

लघुवित्त कम्पनीले एक सय रुपैयाँ अंकित दरका ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो । सर्वसाधारणका लागि चार करोड बराबरको शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पुँजी १० करोड रुपैयाँ पुग्नेछ । निष्काशित ४ लाख कित्ता साधारण शेयरमध्ये ८ हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात २० हजार कित्ता शेयर यसअघि नै सामूहिक लगानी कोषका लागि बाँडफाँड भैसकेको छ । बाँकी रहेको तीन लाख ७२ हजार कित्ता शेयर मात्र सर्वसाधारणले पाउने छन् । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक एनआइबिएल क्यापिटलले दुई लाख कित्ता शेयरको प्रत्याभूति समेत गरेको छ ।

कम्पनीको शेयरमा कम्तिमा ५० कित्ता अर्थात ५ हजार रुपैयाँ र बढीमा ४ हजार कित्ता अर्थात ४ लाख रुपैयाँँ सम्मको लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । भदौ ५ आइतबारदेखि खुलेको शेयरमा छिटोमा भदौ ८ र ढिलोमा १९ गतेसम्म आवेदन दिन सकिने व्यवस्था कम्पनीले गरेको भए पनि बुधबार नै शेयर निष्काशन बन्द हुन लागेको हो ।

कम्पनीको शेयरका लागि शेयर निष्कासन तथा विक्री प्रबन्धक एनआइबिएल क्यापिटल लाजिम्पाट, नेपाल इन्भेष्टमेन्ट बैंकका विभिन्न शाखाहरु, आरएसडिसी लघुवित्तको कार्यालय लगायतका निम्न स्थानहरुबाट आवेदन दिन सकिनेछ ।


आरएसडिसी लघुबित्त कस्तो कम्पनी हो ?

आरएसडिसी लघुबित्त वित्तिय संस्था बैंक तथा बित्तीय संस्था ऐन २०६३ र कम्पनी ऐन २०६३ अर्न्तगत स्थापित नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त “घ“ वर्गको राष्ट्रिय स्तरको “थोक लघुकर्जा“ प्रदायक वित्तीय संस्था हो ।

रुपन्देहीको बुटबलमा केन्द्रीय कार्यालय रहेको वित्तीय संस्थाले २०७० भदौं २६ गते बुधवार देखी आफ्नो कारोबारको शुभारम्भ गरेको हो । संस्थाको अधिकृत पुँजी २० करोड रुपैयाँ रहेको छ भने जारी पुँजी १० करोड रुपैया रहेको छ । संस्थाको चुक्ता पुँजी ६ करोड रुपैयाँ रहेको छ । सर्वसाधारणका लागि चार करोड बराबरको शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पुँजी १० करोड रुपैयाँ पुग्नेछ ।

राष्ट्र बैङ्कले थोक कर्जा प्रदान गर्ने लघुवित्त संस्थाहरुले २०७५ असार मसान्तसम्ममा न्यूनतम चुक्तापूँजी ६० करोड रुपैयाँ पुर्याउँनु पर्ने निर्देशन दिएको सन्दर्भमा १० करोडको पूँजीलाई कम्पनीले ६० करोड बनाउनु पर्ने हुन्छ ।
आरएसडिसी लघुवित्तमा ग्रामीण स्वावलम्बन विकास केन्द्र र लुम्विनी बैंकको मुख्य लगानी रहेको छ भने विभिन्न ४० भन्दा बढी जिल्लाका १ सय ७२ जना व्यक्ति समेत यसका प्रवद्र्धक रहेका छन् । बुटवलमा केन्द्रिय कार्यालय रहेको यो संस्थाले आयआर्जन र रोजगारी र्सिजना गरि आर्थिक विपन्नता र पछौटेपन कम गर्नमा आफ्नो लगानी केन्द्रित गर्दै आएको छ ।

..................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।