दिव्यश्वरी हाइड्रोको साधारण शेयर आज दिउँसो बाँडफाँड हुँदै, नतिजा मेरोलगानीमा ३ बजे पछि

Aug 24, 2016 Mero Lagani

दिव्यश्वरी हाइड्रोले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण शेयर बुधबार मध्यान्ह १ बजे बाँडफाँड हुँदैछ । सर्वसाधारणका लागि ३ लाख ९६ हजार कित्ता साधारण शेयर निष्काशन गरेको कम्पनीले बिक्रि प्रबन्धक एस क्यापिटलले एस डेभलपमेण्ट बैंकको मुख्य कार्यालय नक्सालमा दिउँसो शेयर बाँडफाँड गर्दैछ ।

क्यापिटलका अनुसार यस अघि क्यापिटल परिसरमा बाँडफाँड गर्ने तयारी गरिएको भए पनि नक्सालस्थित एस डेभलपमेण्ट बैंकको मुख्य कार्यालय परिसरमा शेयर बाँडफाँड गर्न लागिएको हो । शेयर बाँडफाँडको मोडल तथा नतिजा मेरोलगानीमा मध्यान्ह ३ बजे पश्चात प्रकाशित गरिनेछ । मेरोलगानीको शिर्षस्थानमा रहेको IPO मा क्लिक गरि कम्पनी छनौट गरेर आफ्नो विबरण भरेर आफुलाई शेयर परेको नपरेको थाहापाउन सक्नु हुनेछ ।

अधिक मात्रामा शेयर आवेदन परेका कारण यस अघि नै कसरी बाँडफाँड गर्ने भन्ने अन्यौलता देखिएको शेयरका आवेदकले बढीमा ११ कित्ता शेयर पाउने सम्भावना छ । ८७ हजार रुपैंयासम्मका आवेदकले गोलाप्रथाबाट १० कित्ता शेयर पाउने छन् भने त्यस भन्दा माथिका १ लाख सम्मका आवेदकले अनिवार्य रुपमा ११ कित्ता शेयर पाउने सम्भावना छ ।

इक्रा नेपालले इक्रा रेटिंग ४ दिएको कम्पनीको संस्थापकसँग १९ लाख ८० हजार कित्ता शेयर रहेको छ । हाइड्रोले आयोजना प्रभावितलाई १० प्रतिशत र सर्वसाधारणलाई १५ प्रतिशत शेयर विक्री गरेको हो । यस क्रमममा कम्पनीले स्थानीयका लागि २ लाख ६४ हजार कित्ता साधारण शेयर निष्काशन गरिसकेको छ ।

साधारण शेयर निष्काशन पश्चात हाइड्रोको चुक्ता पुँजी २६ करोड ४० लाख रुपैयाँ पुग्ने हाइड्रोका अध्यक्ष क्याप्टेन डि आर निरौलाले जानकारी दिए । उनका अनुसार ४ मेगावाट क्षमताको दिव्यश्वरी हाइड्रोले निकट भविष्यमा नै व्यवशायिक रुपमा विद्युत उत्पादन गरि बिक्रि बितरण गर्नेछ ।

..................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।