हिमालयन जनरल इन्स्योरेन्सले २२० प्रतिशत हकप्रद दिने प्रस्ताव,शाइन रेसुङ्गाको कारोबार खुल्यो

Aug 24, 2016 merolagani

हिमालयन जनरल इन्स्योरेन्स (HGI) ले दुई सय २० प्रतिशत हकप्रद शेयर दिने प्रस्ताव गरको छ । कम्पनीले उक्त प्रस्ताव पारित गर्न आगामी असोज ७ गते विशेष साधारणसभा डाक्ने भएको छ । यता गौमुखी विकास बैंकलाई गाँभेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक (SHINE) को नेप्सेमा कारोबार सुचारु भएको छ ।



हिमालयनले दुई सय २० प्रतिशत हकप्रद पारित गर्न आगामी असोजमा बिषेश साधारण सभा आयोजना गर्ने भएको छ । हाल कम्पनीको चुक्ता पुँजी ३२ करोड दश लाख रुपैयाँ रहेको छ । हकप्रद विवतरण पश्चात चुक्ता पुँजी एक अर्ब दुई करोड रुपैयाँ नाघ्नेछ।

 

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको कारोबार सुचारु

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक र गौमुखी विकास बैंक मिलेर गाभेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको शेयर कारोबार खुलेको छ । बोनस शेयर समायोजन पछि पहिलो कारोबारको लागि नेप्सेले ३८० रुपैयाँ तोकेको छ । बैंकको औषत मूल्य २५६ रहेको छ । बैंकले २७ प्रतिशत बोनश वितरण गरेको थियो ।

..............................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।