निर्जिबन बिमा कम्पनीमा लगानीकर्ता ओईरिदा बजारमा उत्साह,नेप्से र कारोबार बढ्दा आधादर्जन कम्पनीमा सर्किट

Aug 24, 2016 merolagani

केहीदिनदेखि सुस्ताएको शेयर बजारमा बुधबार निर्जिबन बिमा कम्पनीहरुको शेयर मूल्य अत्याधिक बढेपछि नेप्से ४८.७६ अंकले उचालिएर १७३०.६२ मा पुगेको छ । लगानीकर्ताहरु बिमा कम्पनीहरुको शेयर उठाउन केन्द्रित भएपछि नेप्से र कारोबार रकममा समेत बृद्धि हुन सघाउ पुगेको हो । बुधबारको बजारमा डेढ दर्जन बढी कम्पनीको शेयरमूल्य दश प्रतिशतका दरले बढेको छ । जसमा दुई कम्पनी बाहेक सबै बिमा समूहका रहेका छन् ।

 निर्जिबन बिमा कम्पनीहरुले पूँजी बृद्धिको लागि आकर्षक योजनाहरु सार्बजनिक गर्ने संकेत पाएपछि लगानीकर्ताहरुको ध्यान त्यतातिर गएको हो । यसमा बुधबार नै हिमालयन जनलरलले दुई सय २० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव सार्वजनिक गरेर लगानीकर्ताहरुको ध्यान निर्जिवन बिमा कम्पनीहरु तर्फ तानेको थियो । जसले गर्दा बुधबारको कारोबारमा वाणिज्य बैंकलाई बिमाले पछि पारेको छ । 

हिमालयन जनरल इन्स्योरेन्सले २२० प्रतिशत हकप्रद दिने प्रस्ताव

 

निर्जिबन बिमा कम्पनीहरुले गत आर्थिक बर्षमा कारोबार बढाएर खुद नाफामा बढोत्तरी गरी आकर्षक प्रति शेयर आम्दानी कायम गरेपछि बोनस धेरै पाईन्छ भन्ने लगानीकर्तालाई लागेको हुनुसक्छ भने चुक्ता पूँजी धेरै बढाउनुपर्ने दबाबमा रहेका त्यस्ता कम्पनीहरु मध्ये कतिपयले हकप्रदका लागि धितोपत्र बोर्डमा निबेदन दिईसकेका पनि छन् ।

सबै निर्जिवन बिमा कम्पनीहरुको चुक्ता पूँजी जोड्दा ४ अर्ब हाराहारीमा मात्र हुने र त्यसको ३० प्रतिशत जत्ति शेयर मात्र सर्बसाधारणसँग रहेको अबस्थामा निर्जिवन बिमा कम्पनीको शेयरमा खरिद चाप पर्दा मूल्य धेरै माथि जाने गरेको छ । शेयर मूल्य तल रहेको अबस्थामा दीर्घकालीन हिसावले लगानी गर्दा बिमा कम्पनीहरुको शेयर एउटा राम्रै विकल्प मान्न सकिन्छ  ।

यस्तो छ निर्जिबन बिमा कम्पनीहरुको अबस्था, कुन कम्पनीको शेयरमा लगानी गर्नु राम्रो ?

 बुधबार नेप्से र कारोबार रकम बढ्नुमा बाणिज्य बैंकहरुको शेयरमा लगानीकर्ताको आर्कषण पनि अर्को कारण हो । नेपाल इृन्भेष्टमेन्ट बैंकले आकर्षक बोनस र नगद लाभांश प्रस्ताव सार्वजनिक गरेपछि अरु बाणिज्य बैंकले पनि सकेसम्म बोनस शेयर जारी गर्नेछन् भन्ने लगानीकर्तालाई परेको छ । बिदेशी लगानीको स्टान्डर्ड चार्टर्ड बैंकले पनि चुक्ता पूँजी ८ अर्ब पुर्याउन बोनस र हकप्रदको आकर्षक प्रस्ताव ल्याउने हल्लाले बजारमा त्यसको भाऊ बढाउन सहयोग पुर्याएको छ । त्यस्तै मर्जपछि अरु बलियो भएर आएका बिकास बैंकहरुले पनि नेप्सेलाई केही आड दिएकै छन् ।

बुधबार नेप्सेमा १४२ कम्पनीको एक अर्ब २ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । अघिल्लो कारोबारको तुलनामा कारोबार रकम  २४ करोड रुपैयाँले बढी हो । यसदिन बिमा समूहको ४१ करोड रुपैयाँ बराबरको कारोबार हुदाँ वाणिज्य बैंक समूहमा ३२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बिमा समूह ५५६ अंकले उकालो लागेको बजारमा सबै समूहमा हरियाली छाएको छ ।

 

बुधबारको बजारमा लुम्बिनी जनरल इन्स्योरेनसको सबैभन्दा उच्च कारोबार भएको छ । यो कम्पनीको मात्रै साढे दश करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । यसपछि एनबी बैंक, सिद्धार्थ डेभलपमेन्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैक, नेको इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स र एभरेष्ट बैंक उच्च कारोबार गर्नेको सूचीमा देखिएका छन् ।

 

यसदिन डेढ दर्जन बढी कम्पनीको शेयरमूल्य दश प्रतिशतको हाराहारीमा बढेको छ ।दश प्रतिशतका दरले शेयरमूल्य बढ्ने कम्पनीमा स्ट्याण्र्डड चार्टड र शाइन रेसुङा बाहेक सबै बिमा समूहका रहेका छन् ।

यसदिन कसमस डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यो कम्पनीको शेयरमूल्य झण्डै दश प्रतिशतले घटेको छ । ओमि काइक्रो, युनियन फाइनान्स र पोखरा फाइनान्स लगायतका कम्पनी धेरै कमाउनेमा परेका छन् ।

  ..............................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।