बुधबार राष्ट्र बैंकले मर्जरको अन्तिम स्वीकृति दिएको पत्र दुवै बैंकले बुझेका छन् । मर्जपछि बैंकको नाम भिवोर सोसाईटी डेभलपमेन्ट बैंक राखिने सम्झौता यस अघि नै भएको थियो । मर्ज प्रक्रिया असार मसान्तभित्र सम्पन्न गर्ने बताइएको भए पनि प्रकृयागत ढिलासुस्तीका कारण अहिले पुरा भएको हो । गत पुस ९ गते मर्जर सम्बन्धि सम्झौता पत्रमा भिवोर विकास बैंकको तर्फबाट मोहनदास मानन्धर र सोसाईटी डेभलपमेन्ट बैंकको तर्फबाट सुशीलराज पराजुलीले हस्ताक्षर गरेका थिए ।
मर्जर पछि बन्ने नयाँ बैंकको चुक्ता पूँजी १ अर्ब ८२ करोड रुपैयाँको हाराहारीमा पुग्नेछ । केही समय अघि मर्जर सकाएका कैलाश विकास बैंक र सिद्धार्थ डेभलपमेण्ट बैंकको चुक्ता पूँजी १ अर्ब ५८ करोड र १ अर्ब १४ करोडको हाराहारीमा छ । यस आधारमा पनि भिबोर सोसाइटी बैंक चुक्ता पूँजीका आधारमा धेरै पूँजी भएको पहिलो विकास बैंक बन्न लागेको हो । अब बन्ने नयाँ बैंकको अध्यक्षमा हाल सोसाइटी डेभलपमेन्ट बैंकका अध्यक्ष रहेका शुशीलराज पराजुली रहने छन् भने प्रमुख कार्यकारी अधिकृतमा हाल भिबोर विकास बैंकका प्रमुख कार्यकारी झलकप्रसाद खनालले जिम्मेवारी सम्हाल्ने छन् ।
राष्ट्र बैंकको निर्देशन अनुसार राष्ट्रिय स्तरको विकास बैंकले २०७४ असार मसान्तसम्म २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउनु पर्नेछ । यसका लागि नपुगेको ६८ करोड ५० लाख रुपैयाँ पुँजी वृद्धि गर्न अर्को कुनै विकास बैंक तथा वित्त कम्पनीसँग मर्ज गर्न समेत दुबै बैंकले यस अघि नै सहमति गरिसकेका छन् ।
भिबोरले गत आर्थिक बर्षमा २० करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष १५ करोड ८४ लाख रुपैयाँ कमाएको बैंकको नाफा २८ दशमलव ६० प्रतिशतले बढी हो ।खुद व्याज आम्दानी, संचालन मुनाफा बढेपछि बैंकको नाफामा सुधार आएको हो। साथै बैंकले यसवधिमा दश करोड दश लाख डुबेको कर्जा उठाएको छ ।
९१ करोड ७० लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडाकोष २ करोड रुपैयाँले नकारात्मक रहेको छ । बैंकले यसवधिमा ६ अर्ब ४७ करोड ४३ लाख रुपैयाँ निक्षेप संकलन गरेर ५ अर्ब २८ करोड ५२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । खराब कर्जामा ०।७९ प्रतिशत रहेको बैंकले प्रोभिजनमा ३ करोड १२ लाख रुपैयाँ राखेको छ । बैंकको प्रतिशेयर आम्दानी वार्षिक २२।२१ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ६।८४ गुणा, प्रतिशेयर नेटवर्थ ९७।४७ रुपैयाँ र तरलता अनुपात २९।०७ प्रतिशत रहेको छ ।
त्यसै गरि सोसाईटीले गत आर्थिक बर्षमा २० करोड ५ लाख रुपैयाँ कमाएको छ ।अघिल्लो वर्ष २० करोड ३२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको बैंकको नाफा १।३० प्रतिशतले घटेको हो । प्रोभिजन रकम बढेपछि बैंकको नाफा प्रभावित भएको हो ।
८९ करोड ७९ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले १० करोड २७ लाख रुपैयाँ जगेडाकोषमा राखेको छ । यसअवधिमा बैंकले ७ अर्ब ५९ करोड ३० लाख रुपैयाँ निक्षेपा संकलन गरी ६ अर्ब १२ करोड ६४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको निक्षेप तथा कर्जा लगानीमा भने बढोत्तरी देखिएको छ ।
बैंकको खुद व्याज आम्दानी, सञ्चालन मुनाफा बढेपनि खुद नाफा भने घटेको छ । बैंकको खराब कर्जा १।९९ प्रतिशत रहेको छ । ३ करोड ३१ लाख रुपैयाँ प्रोभिजनमा राखेको बैंकले गत आर्थिक बर्षमा ११ करोड ६३ लाख रुपैयाँ खराब कर्जा उठाएको छ ।
बैंकको प्रतिशेयर आम्दानी वार्षिक २२।३३ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ५।९६ गुणा, प्रतिशेयर नेटवर्थ १०१।४५ रुपैयाँ र तरलता अनुपात ३०।८७ प्रतिशत रहेको छ । मर्जर पछि बैंकको शाखा संख्या ४२ तथा एक्सटेन्सन काउण्टर संख्या १ पुग्नेछ ।
...................................................................................................................................................................
डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।
....................................................................................................................................................................
मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।