'हात्ती आयो हात्ती आयो फुस्सा' - बजार अनुगमनमा निस्किएको टोलीले यसरी झिंगा मारेर बितायो दिन

Aug 24, 2016 Mero Lagani

- गल्ती गर्नेलाई किन हुँदैन कार्वाही ?
प्रत्येक वर्ष चाड पर्वको मौसम सुरु हुनै लाग्दा बजार अनुगमनको क्रमले तिब्रता पाउँछ, तर ‘हात्ती आयो, हात्ती आयो फुस्सा’ भन्ने उखान प्रत्येक पल्ट चरितार्थ हुने गरेको छ । बुधबार पनि अनुगमन टोलीले दिनभरीमा गरेको कामको विबरण सहितको विज्ञप्ती सार्वजनिक गरेको छ । विज्ञप्ती हेर्दा टोली अनुगमनमा नभई व्यवशायीसंग गफ गर्न मात्र गएको भान हुन्छ । भएको पनि यस्तै छ ।

बुधबार टोलीले ९ स्थानमा अनुगमन गरेको विज्ञप्ती निकालेको छ । विज्ञप्तीमा उल्लेख गरिएका ९ वटै व्यवशायिक प्रतिष्ठानमा उपभोक्तालाई व्यापक असर पार्ने शैलीमा अनियमितता गरिएको भेटिए पनि अब यस्तो गर्दिन भन्ने बनाउन सक्ने कार्वाही भएको उल्लेख छैन । विज्ञप्तीका प्रत्येक बुँदामा उपभोक्तालाई ठगेको, उपभोक्ताको स्वास्थ्यमा खेलवाड गरेको भन्ने जस्ता कैफियत छन् भने कार्वाहीका सम्बन्धमा सम्झाइएको, केही सामान नष्ट गरिएको भन्ने लगायतका कार्वाहीका बुँदा छन् । 

हेर्नुहोस्, के के गरेर दिन बितायो अनुगमन टालीले, फोटोमा क्लिक गर्नुहोस्

टोली बजार अनुगमनबाट बजार सुधार्न गएको हो वा अझै अनियसिमततालाई मलजल गर्न गर्न गएको हो भन्नेमा सर्वसाधारणलाई अन्यौलता श्रृजना भैरहेको छ । गत वर्ष यस्तै हर्कत गरेर कार्वाहीका दौरान यसरी नै पटक पटक सचेत गराइएका कतिपय प्रतिष्ठानले अनुगमन टोलीलाई ‘यिनीहरुको काम नै आउने अनि जाने त हो नि’ भनेर केही दिनमा नै फेरी आफ्नो घिनलाग्दो हर्कत सुरु गरेको कतैबाट लुक्न सक्दैन ।

किनकी कानुन नै यस्तै छ, आज अनुगमन गर्ने, भेटिन्छ अवस्था भयानक, अनि टोलीले भन्छ, ‘ए अखाद्य वस्तु नै बेचेको पो हो, धेरै जना समस्यामा परे होलान, अब यस्तो नगर्नु है ?’ एक ठाउँमा चोर्ने चोरलाई समातेर थुनिन्छ यहाँ, तर हजारौंलाई दिन दहाडै बिताउने यस्ता महाचोरहरुलाई सम्झाएर अनुगमन टाली फर्किन्छ भने यसलाई झिंगा मारेर दिन बिताएको नभनेर के भन्ने ?

‘दशैं आयो, अनुगमन गरौला, अनि चर्चा कमाउँला’ भन्ने आशय बाहेक अहिले दिनहुँ भैरहेको अनुगमनले केही पनि लछारपाटो लाउन सक्दैन, जबसम्म उपभोक्तालाई अलिकति पनि असर पार्ने काम गर्ने महाचोर अनि भ्रष्टहरुलाई ठाउँको ठाउँ पार्न सकिँदैन । प्रतिष्ठान बन्द गर्ने भन्ने हैन कि यस्ता गल्ती गर्नेलाई कहिल्यै पनि त्यस्तो का मगर्न नसक्ने अवस्थामा पुर्याउने किसिमको कार्वाहीको दायरामा ल्याउन नसके ‘माछो माछो भ्यागुतो’ भन्दा माथि हाम्रो बजार कहिल्यै पनि उक्लिँदैन ।

बजारमा अनियमितता गर्नेहरुलाई ज्यान अभियोग सरहको कार्वाहीको व्यवस्था गर्न सक्ने हो भने आम उपभोक्तार्ताले अहिलेको जस्तो चर्चाका लागि हुने अनुगमनको नाम निशाना सुन्न पाउँने नै छैनन, किनकी त्यस अवस्थामा बजारमा अनुगमनको जरुरी नै हुँदैन । बजारमा अनियन्त्रित रुपमा सलबलाई रहेका अहिलेका महाचोरहरु एकाएक निमिट्यान्न भएर जाने छन् ।

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।