गंभीर बदमासी ढाक्न अरुण काबेलीमा अरु जलबिद्युत कम्पनी मर्जरको प्रस्ताव

Aug 25, 2016 Merolagani

अरुण काबेली पावर लिमिटेडले अन्य जलबिद्युत कम्पनीहरुलाई एक आपसमा गाभ्न र गाभिने प्रयोजनका लागि साधारणसभामा बिशेष प्रस्ताव लैैजाने भएको छ । कम्पनीको आगामी असोज १ गते ट्रेड टावर थापाथलीमा हुने छैटौ साधारणसभामा सो सम्बन्धी प्रस्तावमा छलफल हुने सूचनामा जनाईएको छ ।

यो सूचना सार्वजनिक भएपछि अब शेयर बजारमा अरुण भ्याली, अपी, रिडी र रैराड. जस्ता न्यौपाने परिवारको कब्जामा रहेका कम्पनीहरुलाई गाभेर नेपालकै सबैभन्दा ठूलो जलबिद्युत कम्पनी बनाउने बाटो खुलेको हल्ला चलाईने छ । यसले बजारमा सार्वजनिक शेयर निश्काशन भएका ती कम्पनीको शेयरको भाऊ एकाएक बढ्यो भने पनि अनौठो हुने छैन किनभने खेल त्यसै दिशामा केन्द्रित छ ।

अरुण काबेली, अपी पावर, अरुण भ्याली लगायतका कम्पनीहरुमा भएका गंभीर खालका बदमासीहरुलाई ढाकछोप गर्न मर्ज र एक्विजिशनको योजनाबद्ध प्रस्ताव अगाडि ल्याईएको हो । संचालक समिति अध्यक्ष गुरुप्रसाद न्यौपाने परिवारका सदस्यहरुले मनोमानी गरेर भएका आर्थिक अनियमितता र यताको उता पारिएका हिसाब कितावलाई मिलाउन नै कम्पनी मर्जको प्रस्ताव ल्याईएको सुत्रको भनाई छ ।

अरुण काबेलीमा भएका बदमासीहरुका बारेमा मेरोलगानी डटकमले यसअघि नै सप्रमाण बिस्तृत समाचार प्रबाह गरिसकेको छ । (हेर्नुहोस् समाचार)

[अरुण भ्यालीको जलबिद्युत कम्पनीमा पारिवारिक ठेक्का, दुई अर्ब बढीको भ्रष्टाचार] 

[उच्च जोखिममा पर्दैछन् अरुणभ्याली र अपीका सर्वसाधारण लगानीकर्ता, गुरुप्रसाद न्यौपानेको पारिबारिक कम्पनी भएको पुष्टि]

गुरुप्रसाद न्यौपाने परिवारले हाली मुहाली गरेको अरुण भ्यालीले सर्बसाधारणबाट अरु पैसा उठाउँन ३१ लाख कित्ता एफपीओ जारी गर्ने र अपी पावरमा २०० प्रतिशत हकप्रद जारी गर्ने तानाबाना बुनिरहेको बेला अरुण काबेलीमा ती कम्पनीहरुलाई मर्ज गराउने बिषय अगाडि ल्याउनुले सर्बसाधारणको लगानी अरु जोखिममा पर्ने अबस्था आएको छ ।

अपी र अरुण भ्यालीले आयोजना सम्पन्न गरिसकेको अबस्थामा अरु कम्पनीमा लगानी बढाउने नाममा यसरी सर्वसाधारणलाई मुर्ख बनाएर अर्बौ रकम उठाउनु औचित्यहिन त छदैछ, त्यसो गर्न नेपाल धितोपत्र बोर्डलाई समेत आर्थिक प्रलोभन र शक्तिकेन्द्रबाट दबाबमा पारेर निर्णय स्वीकृत गराउनु खोज्नु झनै गंभीर बिषय बनेको छ । यसबारेमा धितोपत्र बोर्डका अधिकारीहरु सचेत रहेको बुझिएको छ । 

साधारणसभामा अध्यक्षको बार्षिक प्रतिबेदन, लेखापरीक्षण प्रतिबेदन र नयाँ लेखापरीक्षकको नियुक्तिलाई साधारण बिषयमा राखिए पनि मुख्य बिषय मर्ज नै हो ।

अरुण भ्याली हाईड्रोपावरको मुख्य लगानी रहेको अरुण काबेलीले हाल २५ मेगावाटको आयोजना निर्माण गरिरहेको छ ।

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।