सिभिल बैंक र इन्टरनेशनल लिजिंग एण्ड फाइनान्स गाभिने प्रस्ताव सर्वसम्मत पारित

Aug 26, 2016 Mero Lagani

शुक्रबार बसेको सिभिल बैंक (CBL) र इन्टरनेशनल लिजिंग एण्ड फाइनान्स (ILFC) को विशेष साधारण सभाले २ संस्था एक आपसमा गाभिने प्रस्तावलाई पारित गरेका छन् । धेरै लामो कसरत पश्चात गत माघ ११ गते मर्जर सम्झौतामा हस्ताक्षर गरेका २ संस्थाको विशेष साधारण सभा पछि सम्झौताले पुर्ण रुप पाउने पक्का भएको हो ।

३ अर्ब ८ करोड रुपैंया चुक्ता पूँजी रहेको सिभिल बैंक र २ अर्ब ८८ लाख रुपैंया चुक्ता पूँजी रहेको फाइनान्स गाभिए पछि बन्ने बैंकको चुक्ता पूँजी ५ अर्ब रुपैंयाभन्दा माथि पुग्नेछ । मर्जर प्रक्रिया टुंग्याएर छिटोमा बैशाख वा ढिलोमा जेठबाट एकिकृत कारोबार थाल्ने योजना दुवै संस्थाले बनाएको भए पनि प्रकृयागत ढिलासुस्तीका कारण राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएर कहिलेबाट एकीकृत कारोबार सुरु होला भन्ने निश्चित भैसकेको छैन । तर अब एकीकृत कारोबार सुरु गर्न धेरै समय भने नलाग्ने देखिएको छ ।

२ अर्ब ८८ लाख रुपैयाँ चुक्ता पूँजी पुर्याएको फाइनान्सलाई राष्ट्र बैंकको मौद्रिक नीतिको नयाँ ब्यवस्था अनुसार राष्ट्रियस्तरको फाईनान्स कम्पनी रहिरहन कुनै अफ्ठेरो नभए पनि निक्षेप रकमको कमीले संचालन खर्च धानेर लगानीकर्तालाई लाभांश खुवाउनै नसक्ने अबस्था रहेकोले सिभिलसँग जान बाध्य भएको हो ।

यता धेरै संस्थाहरुसँग मर्जरको प्रयास गरेको सिभिलले अन्त्यमा आएर गत माघमा सबैभन्दा धेरै चुत्तापुँजी भएको फाइनान्सलाई गाभ्ने सम्झौता गरेको थियो । मर्जर सम्बन्धी समझदारी पत्रमा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ र आईएलएफसीका अध्यक्ष अञ्जयबहादुर शाहले हस्ताक्षर गरेका थिए । मर्जर पछि बन्ने नयाँ संस्थाको नाम सिभिल बैंक रहनेछ । सिभिल बैंकले अघिल्लो आर्थिक वर्षमा लगानीकर्तालाई ६ दशमलव ७५ प्रतिशत बोनस बितरण गरेको थियो ।

[सिभिल बैंकले युनिक फाइनान्स खरिद गर्ने]

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।