दिव्यश्वरी हाइड्रोमा शेयर नपरेको पैसा सोमबारदेखि फिर्ता, कुन् कुन् बैंकमा सिधै हुन्छ जम्मा ?

Aug 26, 2016 Mero Lagani

दिव्यश्वरी हाइड्रोले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण शेयर नपरेको पैसा सोमबारदेखि फिर्ता हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक एक क्यापिटलले दिएको जानकारी अनुसार सिधै बैंक खातामा शेयर नपरेको पैसा जम्मा गर्ने सम्बन्धमा गृहकार्य भैरहेको छ ।

एस क्यापिटलका अनुसार शेयर आवेदनका दौरान लगानीकर्ताले उपलब्ध गराएका सबै बैंक खातामा रकम जम्मा गर्ने सम्बन्धमा बैंकहरुसंग सहकार्यको प्रयास चलिरहेको छ । ‘यस पटक लगानीकर्तालाई शेयर नपरेको रकम फिर्ता गर्न कागजी प्रकृयामा जान नपरोस भन्ने सोच बनाएका छौं, बैंकहरुले क्यापिटलले पठाएको खाताको विबरण रुजु गरे पछि नमिलेका केही खातामा पैसा नजान सक्छ ।’ क्यापिटलका प्रबन्ध सञ्चालक पुर्णचन्द्र दाहालले मेरोलगानीसंगको कुराकानीमा बताए ।

कम्पनीको साधारण शेयर गत बुधबार बाँडफाँड भएको थियो । सर्वसाधारणका लागि ३ लाख ९६ हजार कित्ता साधारण शेयर निष्काशन गरेको कम्पनीले बुधबार एक कार्यक्रमका बिच शेयर बाँडफाँड गरेको हो । ८७ लाखसम्मका आवेदकलाई गोलाप्रथा गरिएकोमा अधिकता शेयर पाउने लगानीकर्ताले ११ कित्ता शेयर पाएका छन् । त्यसै गरि ८८ हजार देखि ९८ हजार रुपैंयासम्मका आवेदकले अनिवार्य रुपमा १० कित्ता शेयर पाएका छन् भने ९९ हजार र १ लाख रुपैंयाका आवेदकले पनि अनिवार्य रुपमा ११ कित्ता शेयर पाएका छन् ।

कम्पनीको ३ लाख ९६ हजार कित्ता शेयरका लागि परेका आवेदन मध्ये ९९ वटा आवेदन रद्ध भएका छन् भने १ लाख १२ हजार ५ सय २७ आवेदन गोलाप्रथामा परेका छन् । जसमा साना लगानीकर्ताहरुको आवेदन संख्या ९५ हजार २ सय ३० र ५० हजार रुपैंया भन्दा माथिका आवेदकको संख्या १७ हजार २ सय ९७ रहेकोमा १ लाख रुपैंयाको मात्र १५ हजार ५ सय ९० वटा आवेदन परेको थियो ।

इक्रा नेपालले इक्रा रेटिंग ४ दिएको कम्पनीको संस्थापकसँग १९ लाख ८० हजार कित्ता शेयर रहेको छ । हाइड्रोले आयोजना प्रभावितलाई १० प्रतिशत र सर्वसाधारणलाई १५ प्रतिशत शेयर विक्री गरेको हो । यस क्रमममा कम्पनीले स्थानीयका लागि २ लाख ६४ हजार कित्ता साधारण शेयर निष्काशन गरिसकेको छ ।

साधारण शेयर निष्काशन पश्चात हाइड्रोको चुक्ता पुँजी २६ करोड ४० लाख रुपैयाँ पुग्ने हाइड्रोका अध्यक्ष क्याप्टेन डि आर निरौलाले जानकारी दिए । उनका अनुसार ४ मेगावाट क्षमताको दिव्यश्वरी हाइड्रोले निकट भविष्यमा नै व्यवशायिक रुपमा विद्युत उत्पादन गरि बिक्रि बितरण गर्नेछ ।

..............................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।