नेपाल राष्ट्र बैंकले राष्ट्रियस्तरका थोक लघुवित्त कम्पनीको चुक्ता पूँजी ६० करोड रुपैंया हुनु पर्ने व्यवस्था गरेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक हुने क्रममा अधिकांस लघुवित्त कम्पनीहरुको शेयर मूल्य एकाएक बढेर उच्च दरमा पुगेको थियो । वित्तीय विबरण अनुसार अधिकांस कम्पनीको मुल्य आम्दानी अनुपात ३० गुणाभन्दा बढी देखिएको छ । अरु समुहमा सुचिकृत कम्पनीहरुको शेयर मूल्य अवमुल्यनको अवस्थामा रहँदा लघुवित्त कम्पनीहरुको शेयर मुल्य भने केही माथि देखिएको छ ।
केही कम्पनीले चुक्ता पूँजी भन्दा धेरै खुद नाफा कमाएका छन् भने केहीको जगेडा कोष पूँजीभन्दा धेरै रहेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा केही कम्पनीको कमाई गिरावट पनि आएको छ ।
गत आर्थिक बर्षमा अधिकांस लघुवित्त कम्पनीहरुको नाफामा उल्लेखीय सुधार देखिएको छ । भर्खरै सञ्चालनमा आएका र कारोबार वृद्धिको अवस्थामा रहेका अधिकांश कम्पनीहरुको नाफामा उच्च वृद्धि देखिएको छ । आधादर्जन कम्पनीको नाफा अन्य कम्पनीको तुलनामा उच्च बढेको छ । यसअवधिमा तीन कम्पनीको नाफा घटेको छ ।
लघुवित्त कम्पनीहरुले गत आर्थिक वर्षमा प्रकाशित गरेको वित्तीय विबरणका आधारमा हेर्दा यस्तो देखिन्छ अवस्था ।
..................................................................................................................................................................
डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।
....................................................................................................................................................................
मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।