मर्जर प्रकृयामा रहेको एपेक्स डेभलपेण्ट बैंकले एक्कासी किन बोलायो विशेष साधारण सभा ?

Aug 30, 2016 Mero Lagani

एनसीसी सहित अरु ३ विकास बैंकसंग मर्जरको अन्तिम स्वीकृति पर्खिएर बसेको एपेक्स डेभलपमेण्ट बैंक (APEX) ले एकाएक विशेष साधारण सभा बोलाएको छ । गत असार २८ गते मात्र वार्षिक साधारण सभा सम्पन्न गरेको एपेक्सले २ महिनामा नै विशेष साधारण सभा बोलाएको हो । बैंकले विशेष साधारण सभा प्रायोजनका लागि बुक क्लोजको मिति समेत सार्वजनिक गरेको छ ।

एनसीसी बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेण्ट बैंक, सुप्रिम डेभलपमेण्ट बैंक र इन्टरनेशनल डेभलपमेण्ट बैंकसंग मर्जर प्रकृया पुरा गराउने तयारीमा रहेको बैंकले संस्थापक शेयर साधारण शेयरमा रुपान्तरण गर्नका लागि विशेष साधारण सभा बोलाएको हो ।

मेरोलगानीसंग कुरा गदैृ एपेक्स डेभलपमेण्ट बैंकका अध्यक्ष विष्णु धितालले भने ‘अहिलेको ६६ र ३३ प्रतिशतको अनुपातमा रहेको संस्थापक र सर्वसाधारणको शेयर संरचना परिवर्तन गर्नका लागि विशेष साधारण सभा आह्वान गरिएको हो । सभाले १६ प्रतिशत संस्थापक शेयरलाई साधारण शेयरमा रुपान्तरण गर्नेछ ।’

बैंकले अहिलेको शेयर स्वामित्वको अनुपातलाई ५१ अनुपात ४९ बनाउन लागेको हो । धितालका अनुसार मर्जरको काम पनि तिब्र रुपमा अघि बढिरहेको छ । अशोज महिना भित्रमा एकीकृत कारोबार सुरु गर्ने गरि बैंक तर्फका कामहरु अघि बढाइएको उनले बताए । ‘राष्ट्र बैंकले अन्तिम स्वीकृति कहिले दिन्छ भन्ने पर्खेर बसेका छौं’ धितालले भने ।

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।