कम्पनीले बिमा गर्नेलाई पहिलो पाँच बर्षका लागि प्रति हजार ६५ रुपैयाँका दरले बोनस सुनिश्चित गरिएको छ । छैठौं बर्षदेखि परिपक्कता समयसम्म कम्पनीले घोषणा गरे अनुसारको वोनस दर उपलब्ध गराउने छ ।
यस योजनामा विमितले वीमाशुल्क ५ वर्षमा तिरेर १५ वर्षसम्म दुर्घटना लाभसहितको जीवन बीमा सुविधा लिन सक्नेछन् । यस योजनामा बीमाशुल्क अत्यन्त न्युन तर प्रतिफल उच्च रहेको कम्पनीले जनाएको छ ।
बिमा गर्नेले बिमा शुल्क पाँच बर्षमा तिरेर १५ बर्षसम्म दुर्घटना भए त्यसको क्षतिपुर्ति अर्थात केही लाभ कम्पनीले दिने छ । दुई बर्षको बिमा शुल्क भुक्तानीपछि कम्पनीबाट कर्जा र बिमा सपर्पण सुविधा पनि पाइने कम्पनीका कामु प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले जानकारी दिए ।
....................................................................................................................................................................
डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।
....................................................................................................................................................................
मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।