मुक्तिनाथ, मितेरी र अरनिको डेभलपमेण्ट बैंकले एकै दिन पाए हकप्रद निष्काशनको स्वीकृति

Sep 01, 2016 Mero Lagani

राष्ट्र बैंकले तोकेको पूँजी बनाउनका लागि हकप्रद निष्काशनको तयारी गरिरहेको मुक्तिनाथ विकास बैंक (MNBBL), मितेरी डेभलपमेण्ट बैंक (MDB) र अरनिको डेभलपमेण्ट बैंक (ARDBL) लाई नेपाल धितोपत्र बोर्डले हकप्रद निष्काशनका लागि स्वीकृति दिएको छ । योसंगै भदौ महिनामा मात्र हकप्रद निष्काशनको स्वीकृति पाउने कम्पनीहरुको संख्या ४ पुगेको छ ।

मुक्तिनाथ र मितेरीले ५० प्रतिशत तथा अरनिको डेभलपमेण्ट बैंकले १० बराबर ३ दशमलव ६ कित्ताका दरले हकप्रद निष्काशनको अनुमती पाएका हुन् ।

आफैले चुक्ता पूँजी दुई अर्ब ५० करोड पुर्याएर राष्ट्रियस्तरको बिकास बैंकमा कायम रहने उद्धेश्य लिएको मुक्तिनाथले यसै ५० प्रतिशत हकप्रद शेयर जारी गर्न लागेको हो । हाल यो बैंकको ८४ करोड रुपैयाँ चुक्तापूँजी रहेको छ । ५० प्रतिशत हकप्रद निष्काशन पश्चात बैंकको चुक्ता पूँजी १ अर्ब ३० करोड रुपैंयाको हाराहारीमा पुग्नेछ ।

पोखरामा मुख्य कार्यालय रहेको मुक्तिनाथले लघुवित्तको समेत काम गर्दै आएको छ । राष्टिय्रस्तरको बिकास बैंकमा रुपान्तरण भएको मुक्तिनाथले काठमाडौमा शाखा बिस्तार गरे पछि झन् ब्यापार बृद्धि भएको देखिएको छ । गत आर्थिक बर्षमा ३५ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएका बेंकले अघिल्लो आर्थिक बर्षमा २१ करोड ७६ लाख मात्र खुद नाफा कमाएकोमा गत बर्ष १४ करोडले बढाएको हो । बैंकको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनआईबिएल क्यापिटल रहेको छ ।

धरानमा मुख्य कार्यालय रहेको मितेरी डेभलपेमन्ट बैंकले पनि पचास प्रतिशत (२ः१)को अनुपातमा हकप्रद निष्काशनका लागि अनुमती पाएको छ । मितेरीले १० करोड ५६ लाखरुपैयाँ बराबरको १० लाख ५६ हजार ३ सय ६९ कित्ता हकप्रद निष्काशनको अनुमति पाएको हो । मितेरीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल (साविकको ग्रोमर मर्चेन्ट बैंकर) रहेको छ ।

मितेरीले गत आर्थिक वर्षमा खुद नाफालाई ६ करोड ४५ लाख ८९ हजार रुपैंयाबाट बढाएर ९ करोड ७२ लाख २७ हजार रुपैंया पुर्याएको छ । २१ करोड १२ लाख ७४ हजार रुपैंया चुक्ता पूँजी रहेको बैंकले उक्त अवधिमा २ अर्ब ३१ करोड २३ लाख रुपैंया निक्षेप संकलन गरि २ अर्ब २३ लाख रुपैंया कर्जा प्रवाह गरेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब ७६ करोड ३६ लाख रुपैंया निक्षप संकलन गरि १ अर्ब १ अर्ब ४३ करोड ३३ लाख रुपैंया कर्जा प्रवाह गरेको थियो ।

प्रतिशेयर आम्दानी ४६ रुपैंया २ पैसा कायम हुँदा निष्कृय कर्जा अनुपातलाई शुन्य दशमलव शुन्य ३ प्रतिशतमा राख्न सफल भएको मितेरी बैंकको प्रतिशेयर नेटवर्थ १ सय ६६ रुपैंया ३० पैसा, मुल्य आम्दानी अनुपात १८ दशमलव ७१ गुणा र तरलता अनुपात २८ दशमलव ८६ प्रतिशत रहेको छ । हकप्रद निष्काशन पश्चात बैंकको चुक्ता पूँजी पौने ३२ करोड रुपैंया नाघ्नेछ ।

उता गत आर्थिक वर्षमा ५ करोड ८४ लाख रुपैंया खुद नाफा कमाएको अरनिको डेभलपमेण्ट बैंकले पनि १० बराबर ३ दशमलव ६ कित कहप्रद निष्काशनको अनुमती पाएको हो । बैंकको अहिले चुक्ता पूँजी २५ करोड ७८ लाख रुपैंया रहेको छ । हकप्रद निष्काशन पश्चात बैंकको चुक्ता पूँजी ३५ करोड १० लाख रुपैंयाको हाराहारीमा पुग्नेछ ।

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।