ईज्जत दाउमा राखेर, बदनाम भएर हामी कम्पनीमा बसिरहँदैनौै - जीवनराज शाक्य, संचालक, अरुणभ्याली हाईड्रो

Sep 01, 2016 Mero Lagani

जीवनराज शाक्य अरुण भ्याली हाईड्रोपावर कम्पनीको प्रबद्र्धक र संचालक समिति सदस्य हुनुहुन्छ । काठमाडौको प्रतिष्ठित ब्यवसायी मानिनुहुने उहाँले अरुण भ्याली हाईड्रोपावरको स्थापना कालदेखि संस्थापक भएर काम गर्दै आउनु भएको छ । मेरोलगानी डटकमले अरुण भ्याली र त्यसका सहायक कम्पनीहरुमा भएको बदमासीको खुलासा गरेपछि उहाँले पनि बिषयको गंभीरता महसुस गरी आफुहरु लफडामा फस्न नचाहेको अभिब्यक्ति दिनुभएको छ । प्रस्तुत छ, शाक्यसँग मेरोलगानी डटकमका सम्पादक तिलक कोइरालाले गरेको कुराकानीः

अरुण भ्याली र त्यसको लगानी रहेको सहायक कम्पनीहरुमा भएको बदमासी र आम लगानीकर्ताको हित विपरितका कार्यहरुप्रति के भन्नुहुन्छ ? 

हेर्नुस, म अरुण भ्यालीमा संचालकको पदमा दोस्रो कार्यकाल बसिरहेको छु । पहिले त मेरो लगानी मात्रै थियो, अहिले संचालक पनि छु । म त आफ्नै पेशा ब्यवसाय गरिरहेको मान्छे हुँ । हाम्रो ह्याण्डीक्राफ्टको ब्यापार छ, नेपालमा मात्रै हैन, युरोपमा पनि शोरुम छ । म १५ बर्ष उतै युरोपमा बिताएर आएको मान्छे हुँ । बेला बेलामा युरोप गईरहन्छु । तपाइँहरुले मेरो एउटा युरोप गएको बेलाको फोटो पनि राख्नु भएछ । तपाइँहरुलाई के लागेर लेख्नु भयो थाहा भएन । मेरो बिनम्र अनुरोध के छ भने अरुणभ्याली र काबेलीमा हाम्रो ठूलो लगानी छ, अलि अलि गरेर आफ्नै स्रोतबाट त्यहाँ पुर्याएको हो । गुरु सरको काम गर्ने आफ्नै शैली छ, नभएको हैन । केही कमी कमजोरी छ, तपाइँहरुले उठाएर सुधार्न पनि पर्छ । तपाईहरुको कुरामा मेरो हन्ड्रेडमा हण्ड्रेड सहमति छ, तर तपाइँहरुले भने जस्तै त्यति धेरै चाँही भए जस्तो लाग्दैन ।

हैन, श्रीमान् अध्यक्ष रहेको कम्पनीमा आफ्नै श्रीमति र बुहारी अध्यक्ष रहेको नितान्त निजी कम्पनीहरुलाई ठेक्का दिएर देखाई देखाई बदमासी गर्दा तपाईहरु हेरेर बस्ने ?

मलाई थाहा भएअनुसार न भन्ने हो । अर्कोतर्फ सबै कुरामा हस्तक्षेप गर्ने मान्छे पनि म हैन । सबै कुरा याद पनि हुँदैन । तर मेरो पनि ठूलो लगानी छ । आफ्नो लगानी भएपछि ठीक छ, छैन भनेर चेक गर्ने कुरा पनि आउँछ नि हैन ? हामी बैंकमा ग्यारेन्टी बसेका पनि छौ, ऋण लिएका छौ भने अरुलाई जिम्मा दिने भन्ने कुरा आउँदैन भाई , आउँछ र ? 

 

      ... [उच्च जोखिममा पर्दैछन् अरुणभ्याली र अपीका सर्वसाधारण लगानीकर्ता, गुरुप्रसाद न्यौपानेको              पारिबारिक कम्पनी भएको पुष्टि] ...

 

एउटा कम्पनीको पैसा अर्को कम्पनीमा, अर्कोबाट अर्कोमा सारिएको छ, सम्बन्ध नै नभएका ब्यक्ति र कम्पनीलाई लगानीकर्ताबाट उठाईएको पैसा बाँडिएको देखिन्छ । के आधारमा गुरु न्यौैपानेको बुहारी रहेको पलान्चोक भगवतीले अरुण काबेलीको सिभिल ठेक्का पायो र गुरु न्यौपानेको श्रीमति अध्यक्ष रहेको मकालु डेभ्लपर्सले रकम भुक्तानी लगिरहेको छ त ?

यसो गरौ न बाबु, अरुण भ्यालीको बारेमा धेरै कुरा मैले खोजविन नगर्ने भएकाले अरुण भ्यालीकै म्यानेजमेन्टसँग कुरा गर्न ठीक छ । मेरो उपस्थिति भनेको लगानी र ऋणमा ब्यक्तिगत ग्यारेन्टी भएकाले संचालकमा बसिदिएको हो । धेरै लामो समय बस्न मलाई फुर्सद पनि हुँदैन, आफ्नै ब्यवसाय छ, मेरो प्रायोरिटी भनेको आफ्नै काममा ब्यस्त हुन्छु । हामीलाई लागेको कुरा चाहिने गुरु सरले त्यसो गर्यो होला जस्तो लाग्दैन, अरु कुरा तपाइँहरुले के भन्नुहुन्छ, तपाइँहरुको कुरा हो ।

अरुण भ्यालीमा २२ हजार भन्दा बढी लगानीकर्ता छन् तर संचालक समितिमा हेर्नुस त, तपाइँहरु बाहेक बहुसख्यक न्यौपाने परिवारका छन् । हिजो एनबी समुहले पनि यसैगरी कम्पनीहरुलाई धरासायी बनाएको थियो ? तपाइँहरु पनि त्यस्तै बाटोमा हो ?

हो, गुरु सर र मेरो लगानी बराबर जस्तै हो । अरु कुरामा चाँही के हो, तपाइँहरु पत्रकारहरुले खोजविन गरेर भन्ने कुरा हो । मलाई थाहा नभएको कुरामा धेरै बोल्न पनि हुँदैन । अहिले बिभिन्न प्रकारका पत्रकार छन् । हाम्रो पनि मान मर्यादामा ख्याल गरेर सत्य कुरा ल्याईदिनोस् हैन ? हाम्रो लगानी भएकाले हाम्रो पनि चासो त हुन्छ तर सबै कुरा खोज्न समयले भ्याउँदैन । आफ्नै ब्यस्तता र मान सम्मान छ । अनाबश्यक लफडा र झमेलामा फस्नु पनि छैन ।

उसो भए यहाँलाई नै थाहा छैन कतिपय कुरा ? अरुले गरेको बदमासीमा त साक्षी  बस्नु भएन नि ?

हो, हो ।

 

       ... [अरुण भ्यालीको जलबिद्युत कम्पनीमा पारिवारिक ठेक्का, दुई अर्ब बढीको भ्रष्टाचार] ...

 

अदालतमा शेयर बिक्रीको मुद्धा पनि चलिरहेको रहेछ हैन ?

त्यो पारिवारिक हो । त्यो बारेमा बिबाद गर्नु आबश्यक छैन । मेरो पक्षमा आएर निर्णय पनि भईसकेको कुरा हो । तपाइँले एक करोड ७५ लाख लिएको भनेर जुन लेख्नु भएको छ, त्यो हण्ड्रेड पर्सेन्ट गलत हो । यस बाहेक भन्नु केही छैन । 

तपाइँको लगानी रहेको कम्पनीमा गुरु प्रसाद न्यौपानेका पाबिारिक कम्पनीहरु अपी हाईड्रोमेकानिकल, मकालु डेभ्लपर्स, पलान्चोक भगवती मार्फत जसरी बदमासी भईरहेको छ, त्यो बारेमा बोल्नुपर्दैन ?

भाई, यो बारेमा म बोल्दैन, तपाइँहरुले खोजविन गरेर लेख्नुस । मैले बदमासी भएको छ भनेर औला ठड्याएर हिड्न मिल्दैन, ब्यापारिक नम्स पनि हैन । त्यहाँ कम्पनीका जिम्मेबार मान्छेहरुलाई सोध्नुस, त्यहाँबाट आईहाल्छ । मैले ब्यक्तिगत रुपमा गरेको कुनै गल्ती छ भने भन्नुस, म जिम्मेवारी लिन चाहन्छु । मेरो बारेमा लेखिएका केही कुरा गलत भएकाले मेरो ब्यक्तिगत रुपमा मात्रै भएका कुराहरुको खण्डन गर्न चाहन्छु । मेरो आफ्नै ब्यवसाय हुनाले अरु लफडा, बिबाद झमेलामा फस्नु पनि छैन । संचालक समितिको बैठक हुँदा के कुरा आउँछ, त्यसमा आफ्नो बिचार राख्यो, कम्पनीले कति लाभांश दिन्छ, बुझ्यो त्यही काम मात्रै मैले गरेको हो । अरु कुरा उनीहरुसँग नै बुझ्नुस भाई । 

अरुण काबेलीमा अरुण भ्यालीको कति प्रतिशत हिस्सेदारी छ र नेपाल ईन्भेष्टमेन्ट बैंकको अगुवाईमा भएको ऋण सम्झौताका शर्तहरु के छन् ? पालना भएका छन् ?

यो पनि थाहा भएन, अरुण भ्यालीको धेरै नै शेयर छ भन्ने बुझेको छु । बैंकसँग के सम्झौता भएको छ, थाहा छैन । मलाई यसमा बिबादमा तान्ने काम नगर्नुस भाई । उनीहरुसँगै सोध्नोस्, वार्ता गर्नुस । मलाई थाहा पनि छैन, सबै कुरा याद पनि हुँदैन । मेरो विनम्र अनुरोध छ, यहाँले उहाँहरुसँग बसेर कुरा मिलाउँदा ठीक होला । 

हामी वार्ता गर्दै हिड्ने, मोलतोल गर्ने हैन, आम लगानीकर्ताको हित संरक्षण हुने खालका समाचार लेख्ने काम गर्छौ , यही कुरा तपाईलाई स्पष्ट पनि पार्दछौ । अब भन्नुहोस् अरुण भ्याली र उसका सहायक कम्पनीहरुमा भएको बदमासी बारे तपाइँको अन्तिम कुरा के हो ?

समाचारमा आएका कुरा के हो, जवाफदेहिता तपाइँहरुकै हुन्छ है भनेर मैले ब्यवस्थापनलाई भनेको छु । कुरा के हो, चाँडै सेटलमेन्ट गर्नुस भनेर मैले ब्यवस्थापनलाई भनेको छु । त्यो भन्दा बढी कुरा भनेको छैन । मिडियामा यस्ता कुरा आयो र बदनामी भयो भने हाम्रो लगानीमा पनि खतरा हुन्छ, हैन ? कम्पनी बदनाम भयो भने हामी बस्न सक्ने अबस्था हुँदैन, लगानी फिर्ता लिनुपर्छ भनेर ब्यस्थापनलाई भनेका छौ । उहाँहरुको कुरा आएपछि के हुन्छ हेरौला । हाम्रो आफ्नै ईज्जत छ, काम छ, आफ्नो ईज्जतलाई दाउमा राखेर , बदनाम भएर, आफ्नो काम छाडेर बिबादै बिबाद र गज्जागोलमा फस्नुपर्ने आबश्यकता छ भन्ने हामी ठान्दैनौ । जे कुरा हो, उहाँहरुले नै भन्ने हो ।

 

       ... [आम लगानीकर्ताको हित भन्दा अर्को विकल्प छैन] ...

 

अरुण भ्याली र अरुण काबेलीमा भएको बदमासी ढाकछोप गर्न मर्जको कुरा आएको हो भनिन्छ । एउटा सर्बसाधारणमा शेयर जारी गरेर जम्मा १५ बर्ष मात्र बाँकी रहेको कम्पनी र अर्को सर्बसाधारणमा शेयर नै जारी नगरेको कम्पनी मिलाउँने कुरा नै नियमसंगत हुँदैन भनिएको छ । अरुण भ्याली र अरुण काबेलीको मर्ज कसरी संभव छ ? 

यो उहाँहरुलाई सोध्नुस् न प्लिज...

 

      ... [गंभीर बदमासी ढाक्न अरुण काबेलीमा अरु जलबिद्युत कम्पनी मर्जरको प्रस्ताव] ...

 

तपाई कम्पनीकै संचालक हुँदा त जिम्मेवारी लिनु पर्यो नि हैन ?


उहाँहरुले प्रस्ताव ल्याउनुभयो, उहाँहरुले नै भन्नसक्नुहुन्छ । उहाँ अध्यक्षज्यूले राम्रो हुन्छ, भन्नुभयो , हामीले पक्का हो भनेर सोध्यौं , पक्का हो भनेपछि लौ अगाडि बढ्नुहोस् भन्यौ । हामी लगानीकर्तालाई फाईदा नै हुन्छ भने ल ठीक छ भनेको मात्रै हो । सबै कानुनी कुरा पुर्याएर हुन्छ भने गरौ न त भनेर सहमति दिएको हो । त्यसमा उहाँहरुकै जिम्मेवारी हुन्छ नि हैन ?

(कुराकानीको रेकर्ड सुरक्षित छ)

      ... [अपी पावरले दुई सय प्रतिशत हकप्रद बिकाउन लगानीकर्तालाई ५ प्रतिशत प्रतिफलको ल्यायो प्रस्ताव] ...

 

६ महिना पहिलेको कुरा ... - [योजनाबद्ध रुपमा मूल्य बढाईएको अपीको शेयर किनेर हकप्रदको हल्लामा नफस्नुहोस् , यस्तो छ वास्तविकता

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।