यसको पनि चित्तबुझ्दो जवाफ अध्यक्ष गुरुप्रसाद न्यौपानेले दिन सकेनन् । नेपाल धितोपत्र बोर्डले जलबिद्युत कम्पनीहरुको अलग नियमनकारी निकाय नभएको भन्दै हकप्रद र एफपीओबारे नीति बनाउन समिति गठन गरेकाले अहिले नै प्रस्ताव पारित गर्नुको औचित्य नरहेको बारे पनि साधारणसभामा कुरा उठेको थियो ।
साधारणसभामा शेयरधनीका तर्फबाट अमृतदास शाक्यले साधारण शेयर नै निष्काशन नभएको कम्पनीसंगको मर्जर कसरी सम्भव हुन्छ भन्दै लगानीकर्तालाई मर्जर पछि कुनै अन्यौलता नहुने कदम चाल्न व्यवस्थापनको ध्यानाकर्षण गराए । अरुणभ्याली न्यौपाने परिवारको पारिवारिक कम्पनी बनेको र पारदर्शिता नभएको सम्बन्धमा लगानीकर्ताहरुले पटक पटक जवाफ माग गरेका थिए ।
साधारणसभामा कम्पनीमा पारदर्शिताको अभाव भएको सन्दर्भमा वक्ताहरुले ब्यवस्थापनको आलोचना गरे पनि कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेले समयले आफैं जवाफ दिने भन्दै शेयरधनीको प्रश्नको प्रष्ट जवाफ दिएनन् । तर उनले जलविद्युत क्षेत्रमा अग्रणी संस्थाका रुपमा आफ्नो समुह अघि बढ्न चाहेको बताएका थिए ।
साधारणसभाले ३१ लाख ५७ हजार कित्ता नयाँ शेयर (एफपिओ) निष्काशन गर्ने र १० प्रतिशत बोनस प्रस्ताव बितरण गर्ने प्रस्ताव पारित गरेको छ । त्यसैगरी अरुण भ्यालीमा अरुण काबेलीलाई मर्ज गराउने सम्बन्धी प्रस्ताव पनि साधारणसभाले पारित गरेको छ ।
साथै हाल कायम ७ जनाको संचालक समितिलाई ५ जनामा सिमित गर्ने प्रस्ताव पनि पारित गरिएको घोषणा गरिएको छ । हाल अरुण भ्यालीको ७ सदस्यीय संचालक समितिमा ४ जना न्यौपानेको एकाघरका पारिवारिक सदस्यहरु नै छ ।
..................................................................................................................................................................
डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।
....................................................................................................................................................................
मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।