नेपालको सेयरबजार आधुनिक बनाउन अनलाईन कारोवार अत्यावश्यक तर नेप्सेले सक्दैन

Sep 06, 2016 Merolagani

नारायण सापकोटा

नेपालको सेयर बजारलाई अन्तराष्ट्रियस्तरको आधुनिक बनाउन अनलाईन कारोवार अत्यावश्यक भएको छ । अनलाईन कारोवारका लागि सरकारी स्वामित्वको नेपाल स्टक एक्सचेन्जबाट संभव नभए नीजिक्षेत्रको आधुनिक स्टक एक्सचेन्ज स्थापना गर्नुपर्ने हुन्छ ।


सरकारी एक्सचेन्जले अनलाईन कारोवार सुरु गर्ने भनेपनि निकै लामो समय लगाएको र अझै यकिन नभएकोले नीजिक्षेत्रको एक्सचेन्ज आवश्यक देखिएको हो ।


विदेशमा बसेका अधिकांश नेपालीको पैसा सजिलो र सहज रुपमा नेपालमा ल्याउने माध्यम पनि यही अनलाईन कारोवार नै हो । विदेशमा रहेको पु“जी सहजै नेपालमा ल्याउने माध्यम तत्कालका लागि अनलाईन कारोवारको सुरुवात नै हो । सक्नेले ठूलो पु“जी लगानी गर्छ, धेरै गर्न नचाहने र नसक्नेलाई थोरै पैसा लगानी गर्ने सजिलो बाटो नेपालको स्टक मार्केट नै हो । स्टक मार्केटमा लगानीका लागि न्युन जोखिम भएको सरकारी ऋणपत्र र वाणिज्य बैंकहरुले स्थापना गरेका म्युचुअल फण्डले निस्काशन गरेका युनिट (सेयर) हुन् ।


अलिकति जोखिम भनेको दोस्रो बजारमा कम्पनीको सेयर किनवेच नै हो । जोखिम कम हुनेमा नाफा कम हुन्छ भने लगानी डुब्ने संभावना पनि थोरै छ । जोखिम धेरै भएको स्टकमा नाफा पनि धेरै हुनसक्छ । तर स्टकमा दीर्घकालका लागि लगानी गर्दा फाइदा हुने निश्चित छ लगानीकर्तालाई । एक लाख नेपाली रुपैया“ बराबरको विदेशी मुद्राबाट लगानी सुरु गर्न सकिन्छ । यो भन्दा कमबाट लगानी गरे पनि हुन्छ ।


केही वर्षमा थोरै, थोरै लगानी थप्दा र नाफा जम्मा हु“दा धेरै ठुलो पूूंजीको कोष खडा गर्न सक्छन् विदेशमा बस्ने हरेक नेपालीले व्यक्तिगत रुपमा नै ।


सेयरमा लगानी गर्न विदेशमा काम गरिरहेकै अवस्थामा सकिन्छ । लगानीको धेरै ठुलो योजना बनाउन पनि पर्दैन । समय पनि खर्च हु“दैन । यसका लागि मात्रै सेयरको अनलाईन कारोवार सुरु हुनुपर्छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले लविङ गर्ने र नेपाल सरकारले चासो दिने हो भने सेयरको अनलाईन कारोवार सुरु गर्न धेरै समय लाग्दैन ।


एनआरएनको अमेरिकाको न्युजर्सीमा सम्पन्न नवौं क्षेत्रीय सम्मेलनले यसलाई एजेन्डा बनाएर कार्यान्वयनका लागि नेपाल सरकारलाई दवाव दिएको भए नेपालको अर्थतन्त्रमा धेरै ठुलो लगानी हुने थियो । सम्मेलनले यो एजेन्डामा ध्यान दिएन ।


अहिले विदेशमा बस्ने नेपालीलाई धेरै ठुलो पूंजी भएमात्रै लगानी गर्न सकिन्छ नेपालमा भन्ने परेको छ । सानो भन्दा सानो लगानी गर्ने क्षेत्र भनेको नेपालको सेयर बजार हो । सेयरमा पैसा हाल्दा बैंक, जलविद्युत, विमा, हाइड्रोपावर लगायतका कम्पनीमा लगानी हुन्छ । यसले नेपाली अर्थतन्त्र चलायमान र मजवुत बनाउनेछ । विदेशमा बस्ने नेपालीले मेहनत गरेर कमाएको पूंजीबाट नाफा पनि पाउने छन् ।


विदेशमा छरिएका करिव ४० लाख मध्ये सवैलाई यो अवसर उपलव्ध हुनेछ । अनि एनआरएनले नेपालमा लगानीका लागि कुनै कोष बनाउने झन्झट पनि गरिरहनुपर्ने छैन । ठूलो पु“जी लगानी गर्नका लागि नेपालमा बाटो त खुला छदैछ ।


विदेशिएका नेपालीको लगानी भित्र्याउन सरकारले ऋणपत्रको विक्री सुरु गरेपनि यो प्रभावकारी हुन सकेको छैन । यस्तो ऋणपत्र सहित अन्य सेयर पनि किन्न मिल्ने अनलाईन कारोवार सुरु हु“दा लगानी पक्कै बढ्नेछ । यो एजेन्डामा अहिले सम्म एनआरएनले बहस गरेकै छैनन् । अहिले सम्म एनआरएनको लगानीका लागि नेपालका नीति निर्माताले र विदेशिएका नेपालीले सन् २००३ देखि नै धेरै बहस गरे । तर यो सहज बाटो तर्फ कोही पनि लागेन ।


यो बाटो बनाउन न त धेरै समय लाग्छ न त ठुलो पूंजी नै । यसका लागि नीति निर्माताले थोरै कष्ट गरे पुग्छ र विदेशमा बस्ने नेपालीका नेताले अलिकति लविङ ।


यसका लागि चाहिन्छ सेयरको अनलाईन किनवेच र विदेशी मुद्रा फिर्ता गर्न पाउने सहज ढोका । अब विदेशमा बस्ने नेपालीको सानो भन्दा सानो लगानी नेपालमा भित्र्याउन सरकारले सेयर बजारमा सहज लगानी खुला गर्नुपर्छ । अहिले पनि गैर आवासीय नेपालीले लगानी गर्न नपाउने नै त होइनन् । तर प्रक्रिया धेरै झन्झटिलो छ ।
धितोपत्र बोर्डले नेपालको सेयर बजारमा अनलाईन कारोवार सुरु गर्ने हो भने विदेशमा बसेका नेपालीले सेयरमा लगानी ओइरिनेछ । बोर्डले केही वर्ष पहिलेदेखि नै एनआरएनको सेयरमा लगानीको विषयमा झिनो चर्चा गरेपनि खास काम गर्न सकेको छैन । यसले कल्पना गरिएको भन्दा धेरै ठूलो पु“जी नेपालमा लगानी हुनेछ ।


अनलाईन कारोवार सहित विदेशी मुद्रा पनि चाहिएको बखत नेपालबाट सजिलै ल्याउन सकिने हो भने विदेशमा बस्ने नेपालीले सातामा कमाएको पा“च सय डलरको सेयर नेपालमा किन्ने छन् विदेशमा बसेर अनलाईन मार्फत । बैंक मार्फत विदेशी मुद्रा पठाउने छन् र आवश्यक परेका बखत बैंक मार्फत नै फिर्ता ल्याउने छन् ।
लगानीस“गै आवश्यक परेका बेला विदेशी मुद्रामा नै पैसा फिर्ता ल्याउन सक्ने नीति सरकारले बनाउनुपर्छ । यसो गर्ने हो भने विश्वभरका नेपालीको लगानी गर्न थाल्नेछन् ।


विदेशी मुद्रा फिर्ता गर्ने सजिलो बाटो बनाउने हो भने नेपालको अर्थतन्त्र बल्ल विश्वस“ग एकाकार हुनेछ । सेयरमा एनआरएनको लगानी सुरु भएपछि केही वर्षमा नै विदेशमा बसेका नेपालीको पैसा नेपालमा थुप्रिनेछ । यो लगानी क्रमश ठुला लगानी धेरै ठुलो पु“जीमा परिणत हुनेछ । पु“जी फेरि अन्य ठुला योजनामा लगानी हुनेछ । यसले नेपालको समग्र आर्थिक विकासमा कायापलट गर्न सक्नेछ ।


विदेशमा परिश्रम गरी कमाएको पु“जी लगानी गर्दा नाफा त हुनै पर्छ । तत्कालै नभए पनि दीर्घकालमा नाफा नहुने हो भने लगानी स्वदेश र विदेशमा बस्ने कसैले पनि लगानी गर्दैन । यसकारण लगानी आकर्षित गर्न नाफा हुने वातावरण निर्माण आवश्यक शर्त हो । व्यवसाय गर्दा कुनै अवरोधले लगानी डुव्ने अवस्थाको अन्त्य हुनुपर्छ । लगानीकर्तालाई हतोत्साही गर्ने कुनै पनि कार्य दण्डनीय भएमात्रै कमाएको पु“जी उसले लगानी गर्ने हो ।
नाफा कमाउने उदेश्य बाहेकका सहयोग विद्यालय, स्वास्थ्य लगायतमा सामाजिक क्षेत्रमा भएका छन् । यो अलग्गै खालको लगानी हो । सामाजिक क्षेत्रमा भएको लगानीको एनआरएनले नाफा खोजेका छैनन् ।
एनआरएनको लगानी अहिले पनि नेपालको चौतर्फी विकासमा सहयोगी बनिसकेको छ । टेलिकम, बैंक, संचार, होटल, जलविद्युत लगायतका क्षेत्रमा ठुला लगानी एनआरएनले लगानी गरिसकेका छन् । अहिले खास गरि उपेन्द्र महतो, शेष घले, जीवा लामिछाने, भवन भट्ट, देवमान हिराचन लगायतका एनआरएनको ठुलो लगानी नेपालमा भैसकेको छ । अब ठुलो पु“जीस“गै विदेशीएका नेपालको सानो पु“जी पनि लगानी गर्न मिल्ने बाटा भनेको सेयर बजारमा लगानी हो । पु“जी स“गै विदेशिएका नेपालीको सिप नेपाल भित्र्न थाल्नेछ ।


भारतमा पनि सेयरमा विदेशको लगानी सुरु भएपछि धेरै ठुलो बुल आएको थियो । अहिले नेपालमा एनआरएनको लगानीको लागि मात्रै अनलाईन कारोवार सुरु गर्ने विषयमा यो लेखमा बढि चर्चा गरिएको छ । विदेशी लगानीकर्ताको लगानी पनि नेपालको सेयर बजारमा आउनुपर्छ । यसका लागि समेत अब प्रक्रियामा लाग्न ढिला गर्न हुदैन ।


एनआरएन र विस्तारै विदेशी लगानी भएपछि उसले कमाएको नाफा लैजान पाउने अधिकारमा हस्तक्षेप गर्ने प्रवृत्ति भने त्याग्नुपर्छ । स्वदेशी होस कि विदेशी नाफा नपाउने गरी कसैले पनि लगानी गर्दैन । लगानी गर्नेले नाफा लिन्छ । उ नाफाखोर नै हुनुपर्छ । नाफा कमाउने र लगानी गर्नेको सम्मान आवश्यक हुन्छ ।

 

सापकोटा अमेरिकामा बस्दै आएका आर्थिक पत्रकार हुन् ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।